00:00:00
शिक्षा

ब्रिटिस ग्रामर स्कुलमा शिक्षक शिक्षण कार्यशाला

मंगलबार असार ३, २०८२/ Tuesday 06-17-25

तिलोत्तमा । असार ३ गते ।  ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित ब्रिटिस ग्रामर स्कुल रुपन्देहीमा एक दिने शिक्षक शिक्षण कार्यशाला सम्पन  भएको छ । टिच फर मलेसियाकी निर्देशक तथा शिक्षाविद्  आातिकाले उक्त  कार्याशालामा विद्यालयमा अध्यापनरत शिक्षकहरुलाई टिम व्यवस्थापन, नेतृत्व  विकास, व्यक्तित्व विकास तथा  विश्वका असल शिक्षण अभ्यासका बारेमा प्रशिक्षण  दिएकी थिइन । उनले  दुई हप्तासम्म विद्यालयमा बसी  विद्यालयका शिक्षण कृयाकलापको अध्ययन , शिक्षकहरुको कक्षा अवलोकन , विद्यार्थीसँग भेटघाट गरी पृष्णपोषण सहितको कार्याशालामा विश्वस्तरीय विद्यार्थी उत्पादन  गर्न शिक्षक , कर्मचारी  र व्यवस्थापन पक्ष कसरी लाग्नु पर्छ भन्ने विषयका समेत अनुभव  आदानप्रदान  गरेकी थिइन ।

मोफसलको एकमात्र  क्याम्ब्रिज विद्यालयका रुपमा रहेको यस विद्यालयले शिक्षण सिकाइ कृयाकलाप , विद्यार्थीको विविध आयाम उजगार गर्ने उद्देश्यसहित स्वदेशी  तथा विदेशी शिक्षाविद , मनोविद , खेल विशेषज्ञबाट नियमित  रुपमा कार्यशाला सञ्चालन गर्दै आएको छ ।  कार्यशालामा क्याब्रिज पाठ्यक्रम के हो ?   यसको महत्त्व  तथा यसबाट विद्यालय , विद्यार्थी तथा शिक्षकले  केकस्ता  फाइदा हुन सक्छन् भन्ने बारेमा विद्यालयका क्याम्ब्रिज हेड  लिलामणि पाण्डेले प्रशिक्षण  दिएका थिए ।
 ब्रिटिस ग्रामर स्कुलका मूल्य मान्यता , मिसन , भिजन, गोल ,प्रश्न पत्र निर्माण   र शिक्षकले केकसरी फरक गर्न सक्छन्  भन्ने विषयमा  विद्यालयका  प्राचार्य दिलबहादुर  बुढाथोकीले प्रकाश पारेका थिए । एक दिने कार्यशालामा उपस्थित  सिकारुले आफ्ना मनमा लागेका जिज्ञासा र ग्रुप छलफलमा  निस्केका निष्कर्षहरु  तथा  कार्यशालाबाट प्राप्त अनुभवहरु  प्रस्तुत  गरेका थिए ।

विद्यालयका प्राचार्य  दिलबहादुर बुढाथोकीको अध्यक्षता  निर्देशक पुष्पा  कँडेलको प्रमुख  आतिथ्यतामा सम्पन्न कार्यशालामा विद्यालयका व्यवस्थापक उमेश कँडेल  लगायत विभिन्न तहका संयोजक  एवम्  शिक्षकहरुले  आफ्ना अनुभव र अनुभूति  आदान प्रदान गरेका थिए । ब्रिटिस ग्रामर स्कुल रुपन्देही  नेपालको सबैभन्दा  ठूलो शैक्षिक  घराना ब्रिटिस एजुकेसन  ग्रुप अन्तर्गत सञ्चालित अन्तर्राष्ट्रिय  स्तरको विद्यालय हो। यो विद्यालयका भगिनी शैक्षिक  संस्थाहरु चितवन , पोखरा , काठमाडौ  , दुबई  , क्यानाडा  र बेलायतमा रहेका  छन् । यो विद्यालय मुलत विश्वस्तरीय शिक्षा  नेपाल भित्रै दिनका लागि सम्पूर्ण  रुपले लागिपरेको छ । ब्रिटिस ग्रामर स्कुल असल शिक्षण अभ्यासमा मात्रै  नभएर खेलकुदका क्षेत्रहरु जस्तै बास्केटबल  , फुटसल , कराँते , स्विमिङ,डान्स , म्युजिक , आर्ट एण्ड क्राफ्ट  ,कृकेट खेलको नियमित  प्रशिक्षण  हुने भएकाले   राष्ट्रिय र अन्तर्राष्ट्रिय  ब्रान्ड  बनेको विद्यालयका संस्थापक प्राचार्य  राजेन्द्र  कुँवरले बताए ।

तपाईको प्रतिक्रिया