तिलोत्तमा । असार ३ गते । ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित ब्रिटिस ग्रामर स्कुल रुपन्देहीमा एक दिने शिक्षक शिक्षण कार्यशाला सम्पन भएको छ । टिच फर मलेसियाकी निर्देशक तथा शिक्षाविद् आातिकाले उक्त कार्याशालामा विद्यालयमा अध्यापनरत शिक्षकहरुलाई टिम व्यवस्थापन, नेतृत्व विकास, व्यक्तित्व विकास तथा विश्वका असल शिक्षण अभ्यासका बारेमा प्रशिक्षण दिएकी थिइन । उनले दुई हप्तासम्म विद्यालयमा बसी विद्यालयका शिक्षण कृयाकलापको अध्ययन , शिक्षकहरुको कक्षा अवलोकन , विद्यार्थीसँग भेटघाट गरी पृष्णपोषण सहितको कार्याशालामा विश्वस्तरीय विद्यार्थी उत्पादन गर्न शिक्षक , कर्मचारी र व्यवस्थापन पक्ष कसरी लाग्नु पर्छ भन्ने विषयका समेत अनुभव आदानप्रदान गरेकी थिइन ।
मोफसलको एकमात्र क्याम्ब्रिज विद्यालयका रुपमा रहेको यस विद्यालयले शिक्षण सिकाइ कृयाकलाप , विद्यार्थीको विविध आयाम उजगार गर्ने उद्देश्यसहित स्वदेशी तथा विदेशी शिक्षाविद , मनोविद , खेल विशेषज्ञबाट नियमित रुपमा कार्यशाला सञ्चालन गर्दै आएको छ । कार्यशालामा क्याब्रिज पाठ्यक्रम के हो ? यसको महत्त्व तथा यसबाट विद्यालय , विद्यार्थी तथा शिक्षकले केकस्ता फाइदा हुन सक्छन् भन्ने बारेमा विद्यालयका क्याम्ब्रिज हेड लिलामणि पाण्डेले प्रशिक्षण दिएका थिए ।
ब्रिटिस ग्रामर स्कुलका मूल्य मान्यता , मिसन , भिजन, गोल ,प्रश्न पत्र निर्माण र शिक्षकले केकसरी फरक गर्न सक्छन् भन्ने विषयमा विद्यालयका प्राचार्य दिलबहादुर बुढाथोकीले प्रकाश पारेका थिए । एक दिने कार्यशालामा उपस्थित सिकारुले आफ्ना मनमा लागेका जिज्ञासा र ग्रुप छलफलमा निस्केका निष्कर्षहरु तथा कार्यशालाबाट प्राप्त अनुभवहरु प्रस्तुत गरेका थिए ।
विद्यालयका प्राचार्य दिलबहादुर बुढाथोकीको अध्यक्षता निर्देशक पुष्पा कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यशालामा विद्यालयका व्यवस्थापक उमेश कँडेल लगायत विभिन्न तहका संयोजक एवम् शिक्षकहरुले आफ्ना अनुभव र अनुभूति आदान प्रदान गरेका थिए । ब्रिटिस ग्रामर स्कुल रुपन्देही नेपालको सबैभन्दा ठूलो शैक्षिक घराना ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गत सञ्चालित अन्तर्राष्ट्रिय स्तरको विद्यालय हो। यो विद्यालयका भगिनी शैक्षिक संस्थाहरु चितवन , पोखरा , काठमाडौ , दुबई , क्यानाडा र बेलायतमा रहेका छन् । यो विद्यालय मुलत विश्वस्तरीय शिक्षा नेपाल भित्रै दिनका लागि सम्पूर्ण रुपले लागिपरेको छ । ब्रिटिस ग्रामर स्कुल असल शिक्षण अभ्यासमा मात्रै नभएर खेलकुदका क्षेत्रहरु जस्तै बास्केटबल , फुटसल , कराँते , स्विमिङ,डान्स , म्युजिक , आर्ट एण्ड क्राफ्ट ,कृकेट खेलको नियमित प्रशिक्षण हुने भएकाले राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्ड बनेको विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले बताए ।
तपाईको प्रतिक्रिया