प्यारामाउण्ट लिगको फाइनलमा प्यारामाउण्ट गोर्खाज र प्यारामाउण्ट किंङस भिड्ने
तिलोत्तमा । जेठ २८ गते । प्यारामाउण्ट क्रिकेट लिगको फाइनलमा प्यारामाउण्ट गोर्खाज र प्यारामाउण्ट किंङस भिड्ने भएका छन । बुधबार भैरहवास्थित सिद्धार्थ रंगशालामा प्यारामाउण्ट रोयल्सलाई २० रनले हराएसँगै प्यारामाउण्ट किंङसले फाइनलमा लिगको अपराजित टोली प्यारामाउण्ट गोर्खाजसँग भेट पक्का गरेको हो । त्रुधबार आयोजित पहिलो खेलमा टस हारेर ब्याटिग गरेको प्यारामाउण्ट किङ्घसले निर्धारित २० ओवरमा १५४ रन बनाएको थियो । १५५ रनको लक्ष्य पछ्याएको प्यारामाउण्ट रोयल्सले १३४ रन मात्रै बनाउन सकेपछि २० रनको हार बेहोर्यो । किङ्घसको जितमा नन्दलाल चाईले सर्वाधिक नटआउट रही ५६ रन बनाए ।
यसैगरि सन्देश पन्थिले ४७ र सन्देश थापाले २२ रनको योगदान दिए । बलिगँतर्फ रोयल्सका प्रतिक भण्डारीले १ तथा सुमित थापाले पनि १ विकेट हात पारे । १५५ रनको बिशाल लक्ष्य पछ्याएको रोयल्सका ब्याट्सम्यान सोनु मल्लाहले ४१ रनको महत्वपुर्ण पारी खेले पनि टीमलाई जिताउन भने सकेनन । रोयल्सलाई हराउने क्रममा अलराउण्डर प्रर्दशन गर्दै ब्याटिँगतर्फ महत्वपुर्ण ४७ रन जोडेर बलिगँतर्फ ३ विकेट हात पारेका सन्देश पन्थि खेलमा म्यान अफ दी म्याच घोषित भए । यसैगरि बुधबार नै आयोजित दोस्रो खेलमा प्यारामाउण्ट बोल्ट्लाई ९ विकेटले हराउदै लिगको अपराजित टोली प्यारामाउण्ट गोर्खाजले फाइनलमा प्यारामाउण्ट किङ्घसँग भेट पक्का गरेको छ । बिहिबार हुने अन्तिम तगा फाइनल खेल दिउँसो १ बजेबाट शुरु हुने प्यारामाउण्ट क्रिकेट प्रवक्ता सुरज पन्तले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया