00:00:00
शिक्षा

शान्ति दुर्गा मन्दिरले अन्तरविद्यालय धार्मिक हाजिरीजवाफ गर्ने

मंगलबार जेठ २१, २०८२/ Tuesday 06-03-25

प्रकाश पाण्डे । जेठ २० गते । धर्म संस्कृतिको जगेर्ना तथा मौलिक सनातन धर्मको जगेर्ना गर्न भन्दै श्री शान्ति दुर्गा मन्दिर तिलोत्तमा वडा न ६ दश नम्बरले यही जेठ २३ गते शुक्रबार अन्तरविद्यालय धार्मिक हाजिरीजवाफ प्रतियोगिता गर्ने भएको छ ।

विभिन्न धार्मिक सामाजिक कार्यहरु गर्दै आएको मन्दिर परिवारले विद्यालय स्तरका विद्यार्थीहरुमा मौलिक सनातन धर्म सस्कृतिप्रति जागरुक गराउन प्रतियोगिता आयोजना गरेको मन्दिरका कोषाध्यक्ष एवँ कार्यक्रम सँयोजक शोभाखर भण्डारीले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुने विद्यार्थीहरुको हकमा कक्षा ८,९ र १० का सँस्कृत विद्यार्थी बाहेकका एक जना अनिवार्य छात्रा सरिक हुने गरि जम्मा ३ जना प्रतियोगी विद्यार्थी तथा १ जना शिक्षक प्रतिनिधी हुनैपर्ने नियम राखिएको सागर पाठकले जानकारी दिए । 

पाठकले जेठ २३ गते शुक्रबार श्री शान्ति दुर्गा मन्दिर तिलोत्तमा ६ दश नम्बरस्थित मन्दिर प्रागँणमा आयोजना गरिएको प्रतियोगिता बिहान साढे १० बजेबाट शुरु हुने जानकारी दिए । 

तपाईको प्रतिक्रिया