00:00:00
खेलकुद

प्यारामाउण्ट क्रिकेट लिगको अक्सन सम्पन्न

१९० जना खेलाडीहरु माथि बोली लाग्यो
आइतबार जेठ १९, २०८२/ Sunday 06-01-25

तिलोत्तमा । जेठ १८ गते । प्यारामाउण्ट क्रिकेट लिग २०८२ को अक्सन सम्पन्न भएको छ । विद्यालय स्तरमा नेपाल मै पहिलो पटक प्यारामाउण्ट क्रिकेट कमिटीले अक्सनमा आधारित प्यारामाउण्ट क्रिकेट लिग २०८२ आयोजना गर्ने लक्ष्य अनुरुप शनिबार अक्सन कार्यक्रम सम्पन्न गरिएको प्यारामाउण्ट माविले जनाएको छ । कुल ४ टिमले प्रतिस्प्रर्धा गर्ने प्रतियोगिताका लागी ड्राफ्टमा समावेश गरिएका १९० खेलाडीहरु माथि बोली लागेको थियो ।

रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा यही जेठ २६ गतेबाट आयोजना हुने प्रतियोगिताका लागी प्यारामाउण्ट गोर्खाज, प्यारामाउण्ट रोयल्स, प्यारामाउण्ट किङ्घस र प्यारामाउण्ट बोल्टस गरि कुल ४ टिमले अक्सन मार्फत खेलाडी छनौट गरेका हुन । \अक्सन कार्यक्रममा आन्तरिक खेलाडीहरु ९० जना तथा बाह्यबाट १०० जना खेलाडी ड्राफ्टमा परेका थिए । जसअन्तर्गत प्रत्येक टिमले आन्तरिक तर्फबाट ९ र बाह्यबाट ६ जना गरि प्रत्येक टिमले पन्ध्र पन्ध्र जना खेलाडी छनौट गरेका हुन ।

प्रतियोगितामा प्यारामाउण्ट गोर्खाजका टिम म्यानेजर अनिल ज्ञवाली र कप्तान सागर गैरे, प्यारामाउण्ट रोयल्सका टिम म्यानेजर विपिन खत्री र कप्तान यमन बोहरा, प्यारामाउण्ट किङ्घसका टिम म्यानेजर नवराज भण्डारी र सन्देश पन्थि तथा प्यारामाउण्ट बोल्टसका टिम म्यानेजर सबिन पाण्डे र टिम क्याप्टेन सागर भण्डारीले महत्वपुर्ण अक्सन कार्यक्रम सम्पन्न भएको र आफुहरुले सोचेजस्तै बलियो टिम तयार भएको प्रतिक्रिया दिए ।

यसअघि प्यारामाउण्ट माविका संस्थापक प्राचार्य दामोदर भुषालको अध्यक्षतामा आयोजित अक्सन कार्यक्रमको उद्धघाटन सत्रमा बोल्दै प्रमुख अतिथि रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि ब थापाले नेपाल मै पहिलो पटक अक्सनमा आधारित विद्यालय स्तरको यो प्रतियोगिताले ग्रासरुटमा खेलाडी उत्पादनमा महत्वपुर्ण योगदान खेल्ने बताए । यसअघि पत्रकार सम्मेलनको आयोजना गरि आफ्ना मार्की खेलाडी छनौट गरेका टिमले अक्सनमा सहभागी भई आआफ्ना टिमका लागी उत्साहपुर्ण ढंगले खेलाडी छनौट गरेकोमा सबैलाई धन्यबाद दिएका थिए ।

कार्यक्रममा प्यारामाउण्ट क्रिकेट कमिटीका अध्यक्ष गोपाल ज्ञवाली, नेपाल क्रिकेट राष्ट्रिय पुर्व सहायक प्रशिक्षक बसन्त शाही ठकुरी, प्रतियोगिता सँयोजक सुरज बस्याल, तिलोत्तमा क्रिकेट विकाश समितिका अध्यक्ष अर्जुन पराजुली लगायतले शुभकामना मन्तब्य दिएका थिए । साथै नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका पुर्व प्रशिक्षक जगत टमाटा, नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका कप्तान इन्दु बर्मा, लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष विनयराज भण्डारी, नेपाल पहिलो अन्तराष्ट्रिय म्याच एम्पाएर समिर खान लगायतले भिडियो सन्देश मार्फत प्रतियोगिता सफलताको शुभकामना ब्यक्त गरेकोे अक्सन कार्यक्रमको सन्चालन सुरज पन्तले गरेका थिए भने अक्सन कार्यक्रम प्यारामाउण्ट माविको आफ्नै सभाहलमा सम्पन्न भएको थियो । 
 

तपाईको प्रतिक्रिया