00:00:00
स्थानिय

नेत्रहिन महिला संघ नेपालको दुई दिवसिय समावेशी विकास तालिम सुरु

शुक्रबार जेठ १७, २०८२/ Friday 05-30-25

बिन्दु भट्टराइ,तिलोत्तमा १६ जेठ । 
 
नेत्रहिन महिला संघ नेपालले  समावेशी विकास सम्बन्धी तालिम सुरु गरेको छ ।   स्थानीय तहका अपांगता समन्वय समिति एवं सरोकारवालाविच  दुई दिवसीय समावेशी विकास सम्बन्धी क्षमता विकास तालिम शुक्रबार बुटवलमा सुरु भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्व देवी चौधरीले अपांगता भएका व्यक्तिलाई  समाजले हेर्ने दृष्टिकोणमा खासै परिवर्तन नभएको भन्दै विभेदलाई चिर्नका लागि तिलोत्तमा नगरपालिकाले पालिका स्तरिय अपांगता समन्वय समिति गठन गरेर अपांगता सम्बन्धी आवश्यक कार्य अगाडि बढाईरहेको बताउनुभयो   । समिति मार्फत अपांगता भएका व्यक्तिहरुको पहिचान,तथ्याङ्ग संकलन ,उनिहरुको आवश्यकताका आधारमा सिप र रोजगार संग जोड्ने तालिम प्रदान गर्दै आर्थिक सशक्तिकरणमा जोड दिएको  उपप्रमुख चौधरीले बताउनुभयो  । 

त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथि शुद्धोधन गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेतले सरकारले दिने गरेको सुरक्षा भत्ताका बिषयमा अपांगता भएका व्यक्तिहरुको गुनासो रहेको उल्लेख गर्दै  यसको व्यवस्थापन गर्न तीनै तहका सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।

कार्यक्रममा  नेत्रहीन महिला संघ नेपालका संस्थापक अध्यक्ष  नीरा अधिकारीले तालिममा सहभागिलाई स्वागत गर्दै कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्नुभएको थियो । दुई दिन सम्म संचालन हुने क्षमता विकास तालिममा अपांगता भएका व्यक्तिहरुको अवस्था,समस्या,आवश्यकता पुर्तिका लागि भएको नीति तथा कानूनी व्यवस्थाका बारेमा छलफल गर्दै अपांगता भएको व्यक्तिहरुको अधिकार स्थापित गर्न आगामी दिनमा गर्ने कार्ययोजना तयार गरिने छ ।

क्षमता विकास तालिम कार्यक्रमको सहजिकरण नेत्रहिन महिला संघ नेपालका संस्थापक अध्यक्ष नीरा अधिकारी, अर्टिजम केयर सोसाइटी लुम्बिनीका प्रशिक्षक अनिसा वस्याल, र राष्ट्रिय अपांग महासंघ अनुसन्धान आयोगका संयोजक देवि वहादुर पोख्रेलले  गर्नुहुनेछ ।

कार्यक्रममा  रुपन्देहीको तिलोत्तमा नगरपालिका र शुद्धोधन गाँउपालिका अपांगता समन्वय समितिका पदाधिकारी तथा सरोकारवाला संस्थाका प्रमुख एवं प्रतिनिधि सहित ४० जनाको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया