00:00:00
शिक्षा

कुवँरवर्तीमा विद्यार्थीहरु बीच नमुना निर्वाचन 

शुक्रबार जेठ १०, २०८२/ Friday 05-23-25

प्रकाश पाण्डे । जेठ ९ गते । कुवँरवर्तीमा नमुना निर्वाचन मार्फत विद्यार्थी परिषद गठन कार्यक्रम सम्पन्न गरिएको छ । रुपन्देहीको तिलोत्तमा ८ मा अवस्थित कुवँरवर्ती इँग्लिश बोर्डिग स्कुलले शुक्रबार विद्यालय हाताभित्र कक्षा २ देखि १० सम्मका १६०० विद्यार्थी सहभागी गराई नमुना जिर्वाचन सम्पन्न गरेको हो । विद्यार्थीहरुमा लुकेर रहेका अन्तरनिहित प्रतिभा प्रष्फुछन गराई नेतृत्व विकाशका लागी कार्यक्रमको आयोजना गरिएको विद्यालय प्रशाशनले जनाएको छ ।

विभिन्न पदमा ३० जना उम्मेदवारहरुले चुनावमा सक्रिय सहभागिता जनाएकोमा १० जनाले चुनाव जितेका निर्वाचन मण्डलका सहायक आयुक्त युवराज रिमालले जानकारी दिनुभयो । स्कुल लिडर १ जना, स्कुल असिष्सटेन्ट लिडर १ जना, सचिव १, सदस्य ३ तथा विभिन्न ४ सदनबाट एक एक जना गरि कुल १० जनालाई निर्वाचित गराउने प्रावधान अनुसार एक हप्ता अगाडीबाटै तयारी शुरु गरिएको रिमालले बताउनुभयो । 

विद्यालयका अध्यक्ष लक्ष्मण खनालले निर्वाचनमा जित्नु मात्रै ठुलो कुरा नभएको भन्दै हारका बाबजुद पनि आफुलाई समाजमा बलियो ढंगले स्थापित गर्नु महत्वपुर्ण हुने बताउनुभयो । वहाँले विद्यार्थीलाई हारबाट पाठ सिकेर पुन निर्वाचनमा खडा हुने र आफुलाई अब्बल सावित गर्न के गर्न सकिन्छ भन्ने विषयमा समेत नमुना निर्वाचनले मद्दत पुर्याउने जनाउनुभयो ।

नमुना निर्वाचन कार्यक्रममा विद्यालयका प्राचार्य दीपक खनालले विद्यार्थीहरुलाई सैद्धान्तिक भन्दा पनि ब्यवहारिक शिक्षा प्रदान गर्ने उद्धेश्यले यस्ता कार्यक्रम विद्यालयको बार्षिक क्यालेण्डर र पाठ्यक्रम मै समेटिएको बताउनुभयो । निर्वाचन अधिकृत गोकुल खनाल, सहायक निर्वाचन अधिकृत बाबुराम घिमिरे लगायत १० जना शिक्षक कर्मचारी निर्वाचन मण्डलको रुपमा रहनुभएको कार्यक्रममा म्यादी प्रहरीको रुपमा पनि विद्यालय कै विद्यार्थीलाई खटाएर निर्वाचन गराइएको थियो । 
 
 

तपाईको प्रतिक्रिया