00:00:00
स्वास्थ्य

तिलोत्तमा–५ मा पाठेघरको निःशुल्क चेकजाँच सम्बन्धि शिबिर

बिहीबार जेठ ९, २०८२/ Thursday 05-22-25

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ को आयोजनामा पाठेघरको मुखको क्यान्सर सहितको निःशुल्क वास्थ्य शिविर शुरु भएको छ । तिलोत्तमा वडा न ५ को कार्यालयमा बिहिबार र शुक्रबार गरि २ दिनसम्म आयोजना गरिएको शिबिरमा पाठेघरको मुखको क्यान्सरको स्वास्थ्य परिक्षणसँगै निशुल्क औषधी समेत वितरण भैरहेको वडा सदस्य हरि पन्तले जानकारी दिनुभयो ।

बिहिबार वडा कार्यालयमा आयोजित उद्धघाटन शिबिरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाडले स्वस्थ्य नगरपालिकाका बनाउन अब महिला दिदी बहिनीहरुको महत्वपुर्ण भुमिका रहने बताउनुभयो । वहाँले स्वस्थ परिवार अनि स्वस्थ समाज निर्माण गर्नु आजको मुख्य आवश्यकता रहेको भन्दै महत्वपुर्ण कार्यक्रम आयोजना गरेकोमा वडालाई धन्यबाद दिनुभयो । 

तिलोत्तमा वडा नम्बर–५ का अध्यक्ष रमेश डुम्रेले वडाले २ दिनसम्म आयोजना गरेको शिबिरबाट वडाभित्रका सम्पुर्ण महिलादिदी बहिनीहरुले लाभ लिनुपर्ने बताउनुभयो । वहाँले स्वस्थ्य जीवनका लागी आफुलाई सोही अनुरुपको बनाउनु आजको मु्ल आवश्वकता रहेको बतोनुभयो ।

शिविरमा पहिलो दिन १ सय १७ जना महिलाहरूले पाठेघरमा हुने क्यान्सरको स्वास्थ्य उपचार लिएका छन । बिहिबार पाठेघरको मुखमा हुने क्यान्सरको स्किनिङ गराउँदा संकास्पद ६१ जनाको स्वाब टेस्ट गरिएको स्त्रीरोग विशेषज्ञ डा आरती श्रेष्ठको भनाई छ । शिविरमा शुक्रबार पनि पनि परिक्षण कार्यलाई निरन्तरता दिइने वडा सदस्य डायमण्ड गिरिले बताउनुभयो ।

कार्यक्रममा वडा सदस्यहरु धर्मादेवी न्यौपाने, प्रमिला सुनार, तिलोत्तमाका,स्वास्थ्य निरिक्षक राम प्रसाद ढकाल, स्वास्थ्य स्वयमसेविका, टोल बिकासका अध्यक्ष प्रतिनिधि तथा स्थानिय वडा बासीको उल्लेख्य सहभागिता रहेको थियो । तिलोत्तमा–५ स्वास्थ्य शाखाका प्रमुख गणेश भण्डारीको स्वागतमा शुरु भएको सो शिविरको संचालन वडा सचिव हरी खतिवडाले गर्नुभएको थियो । 

तपाईको प्रतिक्रिया