तिलोत्तमा । चैत्र ३१ गते ।
नेपाल स्वयंसेवी रक्त दाता समाज तिलोत्तमा शाखाको नियमित रक्तदान कार्यक्रमको ४७ ओैं श्रृङखला तिलोत्तमा – ४, डिङ्गरनगरको जनज्योति माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाका कावा अध्यक्ष पूर्णचन्द्र सुवेदीको अध्यक्षता र सदस्य अञ्जु पौडेलको संयोजकत्वमा सम्पन कार्यक्रमको प्रमुख आतिथिमा तिलोत्तमा वडा न ४ का अध्यक्ष हरिबहादुर क्षेत्री रहेका थिए ।
नेपाल स्वयम्सेवी रक्तदाता समाज तिलोत्तमाको आयोजनामा सम्पन्न कार्यक्रममा तिलोत्तमा नगरपालिका वार्ड नं – ४, जनज्योति मावि, जनज्योति क्लब, डिङ्गरमाई टोलविकास संस्था, मिलन आमा समूह लगायतले सहयोगी संस्थाको रुपमा भूमिका निर्वाह गरेका थिए । मानव जीवनको अत्यन्तै पुण्यको काम रक्तदान हो । रगतको अभावमा कुनै पनि मानव जातिले ज्यान गुमाउनु नपरोस भनी यो संस्थाले नियमित रुपमा रक्तदान गर्दै शनिबार ४७ ओँ श्रृङखलासम्म आइपुग्दा ५ हजार भन्दा बढीले रक्तदान गरेको संस्थाका सदस्य शंकर गौतमले जानकारी दिए ।
शाखाले रुपन्देहीको उत्कृष्ट शाखाको पुरस्कार समेत पाउन सफल भएको छ । कार्यक्रममा सल्लाहकार राजेन्द्र कुँवर, कृष्ण चौहान, बाबुराम आचार्य, दिवाकर ढकाल लगायतले रक्तदान अभियानको सफलताको शुभकामना व्यक्त गरेका थिए । ४७ ओँ श्रृङखलामा ४५ जनाले रक्तदान समेत गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका महासचिव सागर पाठकले गरेका थिए ।
तपाईको प्रतिक्रिया