00:00:00
खेलकुद

३ लाख राशीको १० औं मणिमुकुन्द भलिबल बैशाष ६ गतेदेखि 

मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवलको तयारी पुरा
आइतबार चैत ३०, २०८१/ Sunday 04-13-25

तिलोत्तमा । चैत्र ३१ गते । मणिमुकुन्द भलिवल क्लव रुपन्देहीले १० औं मणिमुकुन्द कप पुरुष भलिवल इन्डो–नेपाल क्लव च्याम्पियनसीप–२०८२ तयारी पुरा भएको जनाएको छ । भारतको एउटा र नेपालका ८ टिम सहभागी हुने प्रतियोगिता आगामी बैशाख ६ गतेदेखि शुरु भएर १३ गतेसम्म सञ्चालन हुने क्लवका अध्यक्ष लोकेन्द्र भण्डारीले पत्रकारहरुलाई बताए ।

प्रतियोगितामा भारतको साग भलिवल एकेडेमी गुजरात, त्रिभुवन आर्मी क्लव काठमाडौं, नेपाल पुलिस क्लव काठमाडौं, नेपाल एपिएफ क्लव काठमाडौं, गण्डकी प्रदेश भलिवल संघ, कोशी प्रदेश भलिवल संघ, गलकोट भलिवल क्लव बाग्लुङ, मणिमुकुन्द भलिवल क्लव तिलोत्तमा र सुदूरपश्चिम खेलकूद परिषद सहभागी हुदैछन । क्लवले शनिबार प्रतियोगितास्थलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो ।

प्रतियोगितामा प्रथम हुनेले ३ लाख ११ हजार १११ रुपियाँ नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै दोसैो हुनेले ट्रफी मेडल र प्रमाणपत्रका साथमा २ लाख ११ हजार १११, तृतीय हुनेले ट्रफी, मेडल र प्रमाणपत्रका साथमा १ लाख ११ हजार १११ पाउने छन् भने सान्त्वना हुनेले ६६ हजार ६६६ रुपियाँ नगद र ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन् ।

त्यस्तै प्रतियोगितामा बेस्ट प्लेयर, बेस्ट सेटर, बेस्ट ब्लकर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्स, बेस्ट सर्भर,बेस्ट कोच र अनुशासित खेलाडीलाई पनि नगद पुरस्कार दिइने छ । खेल सम्पन्न गर्नका लागि ६८ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । प्रतियोगिता साँझ ६ बजेदेखि राति १० बजेसम्म चल्नेछ । प्रतियोगिता अन्तर्गत गत वर्ष सम्पन्न ९ औं संसकरणको २ लाख राशि पुरस्कारको राष्ट्रिय भलिबलको उपाधि नेपाल आर्मी क्लबले जितेको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै भलिवल क्लवका बरिष्ठ सल्लाहकार तथा नेपाल भलिवल संघका पूर्व केन्द्रीय सदस्य मणिमुकुन्द माविका प्राचार्य टुकबहादुर क्षेत्रीले यो प्रतियोगिताले भलिवल खेललाई देशव्यापी रुपमा उजागर गर्ने बताउँदै यसले दिने सन्देशले नयाँ खेलाडी उत्पादनमा पनि महत्व राख्ने बताए । पत्रकार सम्मेलनमा क्लवका सल्लाहकार सुरेन्द्र गुरुङ्ग, संस्थापक अध्यक्ष मिलन रानाले पनि प्रतियोगिताबारे मन्तब्य दिएका थिए ।

तपाईको प्रतिक्रिया