00:00:00
स्थानिय

फोकस एजुकेशन तिलोत्तमाद्धारा रक्तदान,४० युनिट रगत संकलन

शनिबार चैत २२, २०८१/ Saturday 04-05-25

बिन्दु भट्टराई तिलोत्तमा ,२३ चैत ।
फोकस  एजुकेशनको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गुड लक एजुकेशन एण्ड मणिग्राम ,तिलोत्तमा रक्तदाता समाज र लायन्स क्लव अफ बुटवल तिनाउको समन्वयमा   रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँडले विस्तारै समाजमा सहयोगी र मानवताको भावना विकास भएको उल्लेख गर्दै यी कार्यक्रम पनि त्यसैको उदाहरण भएको बताउनुभएको छ । प्रमुख खाँडले रक्तदानबाट स्वस्थ बन्न सकिन्छ भन्ने शन्देस सम्पुर्ण नगरवासिसम्म पुर्याउन आवश्यक रहेकोमा जोड दिनुभएको छ । उहाँले हरेक मानवीय कार्यलाई संस्कारसंग जोड्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै कार्यक्रममा तिलोत्तमा ५ का वडा अध्यक्ष रमेश डुम्रेले रगतको अभावमा छटपटाएको मानिसलाई बचाउने कार्यलाई सामान्य लिन नसकिने भन्दै यस्तो कार्यमा वडा र व्यक्तिगत रुपमा जोडिरहने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा रक्तदाता समाज तिलोत्तमाका अध्यक्ष गोबिन्द वन्जाडे,लायन सुमन घिमिरे,कृष्ण आचार्य,रविन पश्चिमा थारु लगायतले बोल्नुभएको थियो । रगतको अभावमा कोही कसैको ज्यान जान नपरोस भन्ने उद्धेश्यले रक्तदान गरिएको फोकस एजुकेशनका संचालक तथा कार्यक्रमका संयोजक सुदिप न्यौपानेको भनाई छ । उहाँले प्रतेक वर्ष यस्ता कार्यक्रम गर्दै जाने भन्दै काम संगै समाजसेवामा पनि लाग्नेमा जोड दिनुभयो ।

कार्यक्रममा ४० युनिट रगत संकलन भएको संयोजक न्यौपानेले जानकारी गराउनु भएको छ। 

तपाईको प्रतिक्रिया