तिलोत्तमा गोल्डकपको २३ औं संस्करण अर्को महिना हुने
८ टिमको सहभागिता रहने
तिलोत्तमा । फागुन २६ गते । तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा गोल्डकपलाई भव्य रुपमा आयोजना गर्ने लक्ष्यसहित तयारीका काम भैरहेको बताए ।
प्रतियोगिताको विजेताले १२ लाख १२ हजार २ सय २२ र दोस्रो टोलीले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्ने छ । यसैगरि उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षकले ३१ हजार रुपैयाँ प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले स्कुटर वा मोटरसाइकल पाउने बताइएको छ । हरेक प्लेयर अफ दी म्याचले ११ हजार १ सय ११ रुपैयाँबाट पुरस्कृत बुनेछन् ।
प्रतियोगितामा रुपन्देही–११, संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याईज क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी एफसी , नेपाल पुलिस क्लब, एपिएफ एफसी, एडोर्न गडवाल स्पोर्टिङ क्लब, उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई पत्राचार गरिएको र्यसबाट ८ टोलीलाई सहभागी गराइने बताइएको छ। साविक विजेता मनाङ मर्याङ्दी क्लबको भने सहभागिता नरहने बताइएको छ ।
तपाईको प्रतिक्रिया