00:00:00
खेलकुद

न्यू राईज युथ क्लव बभनीले फुटवल प्रतियोगिता गर्ने 

प्रतियोगिता यही फागुन २७ गतेबाट चैत्र ९ गतेसम्म चल्ने
शनिबार फाल्गुण २४, २०८१/ Saturday 03-08-25

प्रकाश पाण्डे । फागुन २४ गते । न्यू राईज युथ क्लवको आयोजनामा ५ औं पुरूष नकआउट फुटवल प्रतियोगिता हुने भएको छ । यही फागुन २७ गतेबाट चैत्र ९ गतेसम्म चल्ने प्रतियोगितामा आयोजक सहित यसक्षेत्रका कुल १२ टोली बीच खेल खेलाउने गरि तयारी गरिएको क्लवले शुक्रबार आयोजना गरेको पत्रकार सम्मोलन मार्फत जानकारी गराएको छ ।

प्रथम हुनेलाई नगद रू ८० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्रको ब्यवस्था गरिएको प्रतियोगितामा द्वितीय हुनेले ४५ हजार नगद सहित शिल्ड, मोडल र प्रमाणपत्र प्राप्त गर्नेछन । यसैगरि निधागततर्फ उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई पनि नगद सहित पुरस्कारको ब्यवस्था गरिएको प्रतियोगितामा कुल १२ टोलीको सहभागिता रहने छ भने खेल तिलोत्तमा १३ स्थित बभनी भुपु सैनिक आधारभुत विद्यालयको खेल मैदानमा खेलाईने छ।

कुल साढै ८ लाख खर्च अनुमान गरिएको प्रतियोगिता पत्रकार सम्मेलनको उद्घघाटन गर्दै तिलोत्तमा वडा न १३ का अध्यक्ष नारायण ढकालले खेलकुदको विषयलांई वडाले सधै प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । वहाँले विद्यालय तथा विभिन्न क्लवहरू मार्फत खेलाडी उत्पादनमा सहयोग पुगोस भन्ने हेतुले खेलका विभिन्न विधाहरूमा सहयोग बढाईएको जनाउनुभयो ।

बभनी भुपु सैनिक आधारभुत विद्यालयका प्रअ मनोज क्षेत्रीको सन्चालन रहेको कार्यक्रममा क्लवका अध्यक्ष विकाश भण्डारीले प्रतियोगिताको उद्घेश्य लगायतका विषयमा प्रष्ट पार्नुभएको थियो । स्व भिम बहादुर खड्काको स्मृतिमा उहाँका श्रीमति र छोराहरूले प्रथम पुरस्कारको आयोजना गरेको प्रतियोगितामा क्लवका संरक्षक भण्डारी ब्रदर्शको सहप्रायोजन रहेको छ ।

तपाईको प्रतिक्रिया