00:00:00
शिक्षा

नोबल इन्भायरोमेन्टका एसईई दिने विद्यार्थीको विदाई कार्यक्रम

आइतबार फाल्गुण १८, २०८१/ Sunday 03-02-25

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा १५ कोटिहवामा रहेको नोबेल इन्भायरोमेन्ट एकेडेमीका एसईई दिने विद्यार्थीको विदाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार विद्यालय प्रागँणमा आयोजित एक कार्यक्रमका बीच कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा १० मा अध्ययनरत एसईई दिने पहिलो ब्याचका विद्यार्थीहरुलाई विदाई गरेको कार्यक्रम ब्यवस्थापन सँयोजक शिक्षक अरुण चौधरीले जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यार्थीहरुलाई अविर, खादा र मायाको चिनो दिएर बिदाई गरिएको थियो । विदाई कार्यक्रममा बोल्ने शिक्षक तथा विद्यार्थीले एसईई परीक्षा दिने विद्यार्थीहरुलाई शैक्षिक प्रगतिको शुभकामना दिएका छन । कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष पुर्ण बहादुर गुरुगँले आउदै गरेको एसईई परिक्षामा कक्षा १० का विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याउनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रबन्धक सुन्दर गुरुगँले नोबलका विद्यार्थीहरुले एसईई परिक्षाका लागी उत्कृष्ट तयारी गरिरहेको जानकारी दिनुभयो । सो अवसरमा बोल्दै प्रिन्सिपल खिनु गुरुगँले नोबेलले विद्यार्थीहरुलाई उच्च कोटीको शिक्षण सिकाईका लागी प्रेरित गरिरहेको बताउदै प्रयोगात्मक ढँगले पठनपाठन भैरहेको जानकारी दिनुभयो ।

कक्षा ९ मा अध्ययनरत विद्यार्थी जिमिता पुनको अध्यक्षता, विद्यार्थी खुशी रानाको स्वागत र कक्षा ९ कै विद्यार्थी दीपेन्द्र रेग्मीले कार्यक्रमको सन्चालन गर्नुभएको कार्यक्रममा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले विद्यालयमा रहदा र अध्ययन गर्दाका सुखद अनुभव साटासाट गरेका थिए । यही चैत्र ७ गतेबाट शुरु हुने एसईई परिक्षामा नोबल इन्भायरोमेन्टबाट १८ जना विद्यार्थी परिक्षामा सहभागी हुदैछन ।
 

तपाईको प्रतिक्रिया