00:00:00
शिक्षा

शान्ति विद्यालय अलुम्नाइ एशोशिएसनको २ दिवसीय कार्यक्रम 

साँसददेखि उपरथी सम्मको जमघट
आइतबार फाल्गुण ४, २०८१/ Sunday 02-16-25

प्रकाश पाण्डे । फागुन ४ गते ।

रुपन्देहीको शान्ति नमुना माविमा अध्ययन गरेका पुर्व विद्यार्थीहरुको सँगठन शान्ति विद्यालय अलुम्नाइ एशोशिएसनको २ दिवसीय कार्यक्रम” सम्पन्न भएको छ । फागुन २ गते शँकरनगर बनबाटिकामा बनभोज तथा भेटघाट कार्यक्रम गरेका शान्ति नमुना माविका पुर्व विद्यार्थीहरुले फागुन ३ गते शनिबार विद्यालय प्रागँण मै विशेष भेला आयोजना गरे । एशोशिएसनका अध्यक्ष होमनाथ अर्यालको अध्यक्षता एवँ किशोर दिक्षितको प्रमुख आतिथ्यमा शनिबार बृहत पुर्नमिलन तथा खेलकुद कार्यक्रमको आयोजना गरिएको हो ।

सँघीय साँसद बासुदेव घिमिरे, तेजबहादुर केसी, पर्वमन्त्री राधा ज्ञवाली देखि पुर्व उपरथी नरबहादुर कडेल जस्ता होनाहार राष्ट्रसेवक ब्यक्तित्व शान्ति विद्यालय कै देन भएको बक्ताहरुले बताएका छन । कार्यक्रममा बोल्ने बक्ताहरुले आगामी दिनमा शान्ति नमुना माविलाई पुर्व विद्यार्थीको तर्फबाट थप सहयोग गर्ने बचन दिएको प्राचार्य कुलप्रसाद लामिछाने जनाए । सो अवसरमा पन्चे बाजा सहित विविध साँस्कृतिक कार्यक्रम, भलिबल तथा विभिन्न खेलकुद कार्यक्रम, विद्यालयमा अध्यापन गरेका गुरु तथा राष्ट्रका लागी योगदान गरेका पुर्व विद्यार्थीहरुलाई सम्मान तथा अभिनन्दन, शान्ति स्मारिका अँक ३ को विमोचन लगायत विभिन्न कार्यक्रम गरिएको पुर्व विद्यार्थीहरुले बताएका छन ।

रि मेजर जर्नल नर बहादुर कंडेलले सँयोजन गरेको कार्यक्रममा सँघीय साँसद बासुदेव घिमिरे, तेज बहादुर केसी, पुर्व उर्जामन्त्री तथा विद्यालयका शिक्षिका राधा ज्ञवाली, तिलोत्तमा नगरप्रमुख तथा पुर्व विद्यार्थी रामकृष्ण खाँड, विद्यालयका हालका अध्यक्ष शरद भट्टराई, प्रअ कुलप्रसाद लामिछाने, पुर्व प्रअ कृष्ण प्रसाद गौतम, घनश्याम ज्ञवाली, अध्यक्ष तथा पुर्व विद्यार्थी अर्जुनराज उपाध्याय, कृष्ण केसी, चित्र गुरुगँ, नुतन गौतम, देवी पाठक, सोमनाथ आचार्य, रविन्द्र राना, राजेन्द्र खाड लगायतको सहभागिता रहेको कार्यक्रमको सन्चालन पुर्व विद्यार्थी राम बहादुर केसीले गरेका थिए । विसँ २०६६ सालमा स्थापना भएको सँगठनले अक्षयकोषहरुको स्थापना लगायत विद्यालय सम्बन्धित विभिन्न कार्यहरु गर्दै आएको छ ।

अलुम्नाइले १४ लाख बराबरको “गुरु जगदिश प्रसाद उपाध्याय अलुमम्नाइ एशोशिएसन छात्रबृत्ति अक्षयकोष तथा १४ लाख रकम कै दृष्टिविहिन विद्यार्थीहरुका लागी आमाबाबा छात्रवृत्ति अक्षयकोष तथा ४ लाख बराबरको विशेष उपचार कोषको समेत स्थापना गरेको बैठकमा जानकारी गराइएको छ । “शान्ति विद्यालय अलुम्नाइ एशोशियसन” मा २०२ जना आजिवन सदस्य आवद्ध छन । “शान्ति विद्यालय अलुम्नाइ एशोशियसन” को आयोजनामा प्रत्येक बर्ष पुर्व विद्यार्थी पुर्नमिलन कार्यक्रमको आयोजना हुदै आएको छ ।


 

तपाईको प्रतिक्रिया