प्रकाश पाण्डे । फागुन १ गते ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका ७ भलवारीमा रहेको लिटिल प्याराडाईजका एसईई दिने विद्यार्थीहरुको विदाई कार्यक्रम सम्पन्न गरिएको छ । कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई बुधबार एक कार्यक्रमका बीच विदाई गरिएको कार्यक्रम ब्यवस्थापन सँयोजक शिक्षक जनक घिमिरेले जानकारी दिए । कार्यक्रममा विद्यार्थीहरुलाई अविर र मायाको चिनो दिएर बिदाई गरिएको हो ।
विदाई कार्यक्रममा बोल्ने शिक्षक तथा विद्यार्थीले एसईई परीक्षा दिने विद्यार्थीहरुलाई प्रगतिको शुभकामना दिएका छन । कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य केएन सागर ज्ञवालीले विगतका बर्षहरुमा जस्तै यस वर्ष पनि लिटिल प्याराडाईजले उत्कृष्ट नतिजा ल्याउनेमा आफु विश्वस्त रहेको बताए । रुपन्देही कै शैक्षिक शानका रुपमा स्थापित लिटिल प्याराडाईजका एसईई दिने विद्यार्थीहरु उत्कृष्ट नतिजा ल्याउने गरि तयारीमा जुटिरहेको ज्ञवालीको भनाई थियो ।
कक्षा ९ मा अध्ययनरत विद्यार्थी विश्वजीत नेपालीको अध्यक्षता एवँ विद्यालय ब्यवस्थापन समिति अध्यक्ष जीतु बौडेलको प्रमुख आतिथ्य रहेको विदाई कार्यक्रममा विद्यालयका प्राचार्य केएन सागर ज्ञवाली, लेखा सँयोजक माधव प्रसाद पाण्डे, शिक्षक अभिभावक सँघका अध्यक्ष सिता पुन, विद्यालयका सहायक प्राचार्य मोहन थारु, मावि तहका अँग्रेजी शिक्षक, अभिभावक तथा शुभचिन्तक गोविन्द बस्याल लगायत शिक्षक, कर्मचारी, सञ्चालक समिति, पदाधिकारी तथा विद्यार्थी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
कक्षा ९ का विद्यार्थी आदिश कुइरीको स्वागत तथा विद्यार्थीद्धय स्पर्श पाण्डे र खुस्बु शाहको सन्चालन रहेको कार्यक्रममा विद्यार्थीहरु सुबोध केसी, कृष्ण पौड्याल लगायतले मन्तब्य दिएका थिए । यही चैत्र ७ गतेबाट शुरु हुने एसईई परिक्षामा लिटिल प्षाराडाइजबाट कुल ३७ विद्यार्थी परिक्षामा सहभागी हुदैछन ।
तपाईको प्रतिक्रिया