प्रकाश पाण्डे । माघ २५ गते ।
लिटिल प्याराडाइज इङ्गलिस मिडियम स्कुल तिलोत्तमा ७ भलवारीको बार्षिक खेल सप्ताह जारी छ । यसक्षेत्र मै अग्रणी शैक्षिक सँस्थाको रुपमा आफुलाई चिनाउदै आएको लिटिल प्याराडाइजले माघ २३ गतेबाट शुरु गरेको साताब्यापी खेलकुदका विभिन्न विधाहरुमा विद्यार्थीहरुले प्रतिस्प्रर्धा गरिरहेको प्राचार्य केएन सागर ज्ञवालीले जानकारी दिए ।
विद्यालय हाताभित्र तथा मडाहास्थित खेल मेदानमा शुक्रबार विद्यार्थीहरुले प्री जुनियरतर्फ बेलुन फोड, पजल रेस, कलर रेस, हट पोटयाटो, बल कलेक्ट रेस तथा फ्रग रेस सम्पन्न गरिएको छ भने सव जुनियरतर्फ थ्रेड, निडल रेस, म्युजिकल चेयर रेस, बोतलमा पानी भर्ने रेस तथा पजल रेस लगायतका खेलहरुमा खेलाडीले प्रतिस्प्रर्धा गरे ।
यसैगरि जुनियरतर्फ शुक्रबार नै रिले रेस, ट्रयाक इभेन्ट, स्याक रेस, टग अफ वार र फुटशल लगायतका प्रतिस्प्रर्धामा विद्यार्थीहरुले आफनो खेल कौशल देखाएका छन । सिनियर तर्फ आज फुटबल, क्रिकेट र ब्याडमिन्टन लगायतका प्रतिस्प्रर्धा सम्पन्न गरिएको विद्यालयका सहायक प्राचार्य मोहन चारुले जानकारी दिए ।
उनले नयाँ, नौलो र सकारात्मक शैक्षिक योजनाहरुसँगै खेलकुद लगायतका अतिरिक्त क्रियाकलापहरुमा समेत अब्बल बनाउन यसखाले खेलकुदका कार्यक्रम सहयोगी सिद्ध हुन बताए । बालबालिकाहरुलाई सीपयुक्त शिक्षणमा आवद्ध गराउदै प्रयोगात्मक तथा अतिरिक्त क्रियाकलापमा समेत अब्बल बनाउने उद्धेश्य सहित आयोजित खेल सप्ताह शनिबार पनि जारी रहने छ ।
तपाईको प्रतिक्रिया