00:00:00
खेलकुद

गीर्वाण माविको खेल महोत्सव जारी

खेल महोत्सव माघ २४ गते बिहिबारसम्म चल्ने
बुधबार माघ २३, २०८१/ Wednesday 02-05-25

प्रकाश पाण्डे । माघ २३ गते ।

रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा अवस्थित गीर्वाण सरस्वती सँस्कृत तथा साधारण माबिको खेल सप्ताह दोस्रो दिन पनि जारी रह्यो । खेल महोत्सवको पहिलो दिन पुरुष क्रिकेट लगायतका विभिन्न खेलहरु सम्पन्न गरिएकोमा दोस्रो दिन बुधबार हाइजम्प तथा लङ्गजमका खेलहरु सम्पन्न गरिएको छ । खेल सँयोजक शिक्षक दीपकजँग पौडेलले दिनुभएको जानकारी अनुसार लङ्गजमको ६–७–८ सम्मको छात्र तथा छात्रा, कक्षा ९–१२ तर्फको छात्र र छात्रा लङ्गजम सम्पन्न भएको गरिएको छ भने हाइजम्प तर्फ कक्षा ९ देखि १२ सम्मको छात्रतर्फको मात्र्र खेलहरु सम्पन्न भए ।

आजै सम्पन्न अन्य खेलहरूमा ४०० मिटरको दौड कक्षा ६ देखि ८ सम्म, छात्रछात्रा – ४०० मिटरको दौड ९ देखि १२, छात्र छात्रा – तीन खुट्टे दौड ६–८ छात्र छात्रा – तीनखुट्टे दौड ९–१२ छात्र छात्रा – तिनखुट्टे दौड ४ र ५ छात्र छात्रा –चम्चा दौड ४–५ छात्र छात्रा – गंगटे दौड– ४–५ छात्र छात्रा तथा स्लो साइकल रेस ४–५ कक्षाको खुला प्रतियोगिता पनि आजै सम्पन्न भएको छ । नर्सरी केजी र कक्षा १,२ र ३ का विभिन्न खेलकुदहरू विद्यालयकै प्राङ्गणमा सम्पन्न भएको खेल सँयोजक दीपक जँग पौडेलले जानकारी दिनुभयो ।

खेलकुद महोत्सवका विषयमा जानकारी दिदै विद्यालयका प्राचार्य केदारचन्द्र पराजुलीले ग्रासरुट लेवलका विद्यार्थीहरुको खोजी गर्ने र तिनिहरुलाई नियमित प्रशिक्षण दिई सही ढँगबाट उत्कृष्ट खेलाडीको रुपमा तयार पार्ने मुल उद्धेश्य सहित विद्यालयले खेल महोत्सवको आयोजना गरेको जानकारी उद्धघाटन सत्रमा जानकारी दिनुभएको थियो । 
बाइट
तिलोत्तमा ८ स्थित ज्योतिनगर खेल मैदानमा माघ २२ गते मँगलबारबाट शुरु भएको खेल महोत्सव माघ २४ गते बिहिबारसम्म चल्नेछ । कक्षागत तथा तहगत हिसावमा आयोजना भैरहेको खेल महोत्सवमा करीव ५० बढी इभेन्ट्मा कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुले प्रतिस्प्रर्धा गरिरहेका छन । यसैबीच गत माघ १९ गते सम्पन्न रुपन्देही जिल्ला स्तरिय गीर्वाण कप २०२५, जुनियर तेक्वान्दो च्याम्पियन्समा तेस्रो स्थान हासिल गरेका विद्यार्थीहरुको हौसला बुलन्द होस भन्ने उद्धेश्यले विद्यालय प्राँगणमा गीर्वाण डोजाङ्गका मुख्य प्रशिक्षक सृष्टि पन्तलाई मँगलबार एक कार्यक्रमकाबीच सम्मान गरेको थियो छ । 
 

तपाईको प्रतिक्रिया