00:00:00
अर्थ/वाणिज्य

जनविकाश कृषि सहकारीको ४१ औँ वार्षिक साधारण सभा 

सँस्थाको निर्वाचन माघ २४ गते हुने
शनिबार माघ १९, २०८१/ Saturday 02-01-25

प्रकाश पाण्डे । माघ १९ गते ।

जनविकाश कृषि सहकारी संँस्था लिमिटेड तिलोत्तमा १५, कोटिहवा रुपन्देहीको ४१ औँ वार्षिक साधारण सभा तथा निर्वाचन तयारी कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाँडको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न साधारण सभामा सँचालक समितिको तर्फबाट अध्यक्ष हरिलाल पाण्डेले पेश गर्नुभएको आर्थिक वर्ष २०८० । ०८१ को वार्षिक प्रगति प्रतिवेदन सर्बसम्मतिले पारित भएको छ भने लेखा सँयोजक उमाशँकर सिंह खड्काले पेश गर्नुभएको लेखा प्रतिबेदन पनि पारित भएको छ ।

सँस्थाको आर्थिक र बार्षिक कार्ययोजनाका विषयमा जिल्ला प्रतिनिधि हरिप्रसाद काफ्लेले जानकारी गराउनुभएको सभामा बोल्दै प्रमुख अतिथि खाँडले यसक्षेत्र कै जेठो मध्येको एक जनविकाशले विविध उत्पादनमुलक क्षेत्रमा लगानी बढाएर प्रशँशनिय कार्य गरेको बताउनुभयो । सहकारीहरुले अब ब्यवसायिक उत्पादनसँगै इलम, कृषि, आइटी, पर्यटन र जलविद्युत लगायतका क्षेत्रमा लगानी गर्नु उपयुक्त रहेको खाडले बताउनुभयो ।

नगरप्रमुख खाँडले युवाहरु माझ वैदेशिक यात्रामा जाने लहर रोक्न पनि सहकारीले उल्लेखनिय काम गर्ने बेला आएको बताउनुभयो । सस्थाका उपाध्यक्ष्य वेद गिरिेको स्वागत मन्तब्य तथा जिल्ला प्रतिनिधि हरि प्रसाद काफ्लेले सन्चालन गर्नुभएको कार्यक्रममा विशिष्ट अतिथि पन्चकन्या ग्रुपका उपाध्यक्ष ध्रृव कुमार श्रेष्ठ, अतिथिहरु तिलोत्तमा वडा न २ का अध्यक्ष डिल बहादुर भटट्राई, लुम्बिनी बचत तथा ऋण सहकारीका अध्यक्ष तथा निर्वाचन सँयोजक कृष्ण प्रसाद नेपाल, निर्वाचन समितिका सल्लाहकारहरु, सदस्यहरु, विभिन्न वढाका सदस्यहरु, सँस्थाका कोषाध्यक्ष बीना पन्त, सँस्थाका सदस्य तथा शेयर सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

यसैबीच सँस्थाको निर्वाचन यही माघ २४ गते हुने भएको छ । अध्यक्ष सहित ११ सदस्सिय सन्चालक समिति तथा ३ सदस्सिय लेखा समिति चयनका लागी मतदान हुने भएको हो । विस २०२३ सालमा स्थापना भएको सहकारीमा हाल १४०१ जना शेयर सदस्य रहेका छन भने सँस्थाले गतबर्ष १४ करोडको कारोबार गर्दै १९ लाखको हाराहारीमा नाफा गर्न सफल भएको सँस्थाका अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया