न्यु इन्भाइरोनमेन्ट इङ्गलिस सेकेण्डरी स्कुलको खेल सप्ताह सम्पन्न
करिब १२ सय मेडलका लागी २२२ वटा विधामा प्रतिस्प्रर्धा
प्रकाश पाण्डे । माघ १७ गते ।
रुपन्देहीको तिलोत्तमा ५ मणिग्रामको मुटुमा रहेको न्यु इन्भाइरोनमेन्ट इङ्गलिस सेकेण्डरी स्कुलद्धारा आयोजित बार्षिक खेल सप्ताह सम्पन्न भएको छ । यसक्षेत्र मै अग्रणी न्यु इन्भाइरोनमेन्टले माघ १३ गतेबाट शुरु गरेको साताब्यापी खेलकुद सप्ताहमा करीब १२ सय मेडलका लागी २२२ वटा विधागत खेल प्रतियोगितामा विद्यार्थीहरुले उत्साहजनक ढँगले सहभागिता जनाएको विद्यालयका प्राचार्य मधुप्रकाश ज्ञवालीले जानकारी दिनुभयो ।
"विद्यालयले बिल्कुलै नौलो ढँगबाट २ दिनसम्म शुक्रबार र शनिबार बार्षिकोत्सव मनाउदैछ, सह प्राचार्य ध्रुव खरेलले भन्नुभयो, "विभिन्न विधामा कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुले सहभागिता जनाएको प्रतियोगिता मार्फत विद्यार्थीहरुमा लुकेर रहेको प्रतिघा प्रस्फुटन गराउन तथा खेलकुद मार्फत विद्यार्थीको प्रतिभा छनोट गर्न महत्वपुर्ण योगदान मिलेको खरेलको बुझाई छ ।
"अन्तरसदनात्मक वा अन्तर कक्षा भन्दा पनि एउटै उमेर समुह र एउटै कक्षाका विद्यार्थीहरु बीच प्रतिस्प्रर्धा गराएर खेलकुद सन्चालन गरिएको र त्यसले विद्यार्थीहरुमा, म पनि केही गर्नसक्छु भन्ने भावनाको विकाश गराएको खरेलले बताउनुभयो । तिलोत्तमा १ चपरहट्टी खेल मैदान, ज्योतिनगर खेल मैदान तथा विद्यालय हाताभित्र लगायतका विभिन्न खेल मैदानमा विद्यार्थीहरुले ब्यवस्थित ढँगले एथलेटिक्स लगायत फुटवल, रिले दौड, सटपट, हाइजम्प, लङजम्प, ट्रिपलजम्प स्पुनरेस, प्लेटरेस, म्याथम्याटिकल रेस, ज्यावलिङ थ्रो, कुर्चिदौड, म्युजिकल चेयर, लगायत विभिन्न रमाइला तथा बौद्धिक खेलहरुमा प्रतिस्प्रर्धा गरेको विद्यालयका अध्यक्ष नेत्र बनले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया