स्थानिय
कपिलवस्तुको कृष्ण नगरबाट १ किलो चरेस सहित एक महिला पक्राउ
मंगलबार माघ १५, २०८१/ Tuesday 01-28-25
कपिलवस्तु, २०८१ माघ १५
कपिलवस्तु, कृष्ण नगर वडा नम्बर १ बाट एक बिहानै १ किलो २५ ग्राम चरेस सहित एक जना महिलालाई पक्राउ परेकी छिन्। बिहानै चरेस बोकेर भारत जान लागेकी महिलालाई प्रहरीले पक्राउ गरेको हो।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको प्र.ना.नि. सुशील के.सी.को कमाण्डमा खटिएको लागुऔषध नियन्त्रण टोलीले सोमबार कृष्णनगर सीमा क्षेत्रमा नेपालबाट भारत पैदल जान लागेकी महिलालाई संकालनगरी चेकजाँच गर्दा शरीरमा लुकाई राखेको अवस्थामा लागुऔषध चरेस फेला परेको हो।
पक्राउ पर्नेमा जिल्ला रुपन्देही देवदह नगरपालिका वडा नं. ९ शितलनगर घर भई हाल जिल्ला कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटा बस्ने वर्ष ३० की सरस्वती बी.क. रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ। लागुऔषध चरेस कहाँबाट ल्याएको भन्ने बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया