प्रकाश पाण्डे । माघ १५ गते । रुपन्देहीको तिलोत्तमा–१, शंकरनगरमा रहेको न्युलाइट कलेजमा अतिरिक्त क्रियाकलाप अन्तर्गत आजबाट खेल सप्ताह शुरु भएको छ । कलेजका अध्यक्ष एवँ प्रमुख अतिथि धर्मराज पौडेलले हण्डी फोरेर उद्धघाटन गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले विद्यार्थीहरुमा रहेको आन्तरिक तथा बौद्धिक क्षमता मापनका लागी खेल सप्ताह शुरु गरिएको बताए ।
यही माघ १८ गतेसम्म चल्ने खेल सप्ताहमा भलिबल, फुटवल, क्रिकेट, खो खो, एथलेटिक्ससँगै चेस, कुर्ची दौड, लोकगीत ,निबन्ध, कविता प्रतियोगिता, बेलुन ब्लाष्ट लगायतका विभिन्न रामान्चक खेलहरुमा विद्यार्थीहरुले सक्रिय सहभागीता जनाएको शैक्षिक सँयोजक राजेन्द्र कुवँरले जानकारी दिए ।
कलेजका अतिरिक्त क्रियाकलाप प्रमुख खेमराज खनालको अध्यक्षता रहेको खेल सप्ताहको शुभारम्भ कार्यक्रममा कलेजका अध्यक्ष एवँ प्रमुख अतिथि धर्मराज पौडेल, क्याम्पस प्रमुख रमेश ज्ञवाली, अभ्यास शिक्षण विभाग प्रमुख रामप्रसाद भट्टराई लगायतको सहभागिता रहेको थियो । माघ १८ गतेसम्म चल्ने साताब्यापी खेलकुद कार्यक्रममा कक्षा एघारदेखि स्नातक चौथो वर्षसम्मका विभिन्न तह र सँकायका विद्यार्थीहरु सहभागिता जनाएका छन ।
तपाईको प्रतिक्रिया