00:00:00
खेलकुद

ब्रिटिस ग्रामर स्कुलद्वारा आयोजित क्रिएटिभ फेस्टको तयारी पुरा

माघ १५ र १६ गरि २ दिनसम्म चल्ने फेस्टको नगरप्रमुख खाँडले उद्धघाटन गर्नुहुने
सोमबार माघ १४, २०८१/ Monday 01-27-25

प्रकाश पाण्डे । माघ १४ गते ।

ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित ब्रिटिस ग्रामर स्कुल रुपन्देही (नमस्ते एकडेमी) मा हुने क्रिएटिभ फेस्टको तयारी पुरा भएको छ । showing the creativity भन्ने मूल नारा सहित माघ १५ र १६ गते गरि दुई दिनसम्म चल्ने फेस्टले विद्यार्थीमा अन्तरनिहित सृजनशील गतिविधिलाई उजागर गर्ने प्राचार्य दिलबहादुर बुढाथोकीले बताए । उनले विधागत ढंगले आयोजना गरिएको महोत्सवको तयारी पुरा भएको र यो कार्यक्रमको माध्यामबाट विद्यार्थीहरुको व्यक्तित्व र नेतृत्व विकाशमा महत्वपुर्ण टेवा पुग्ने विश्वास लिइएको बताए ।

उनले माघ १५ गते बिहान ठिक ११ बजे तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँडको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्धघाटन हुने जानकारी दिए । कार्यक्रममा मूलत विद्यार्थीको सृजनशीलता प्रदर्शनी हुनेछ, विद्यालयका प्राचार्य दिलबहादुर बुढाथोकीले सोमबार विद्यालय हातामा आयोजित पत्रकार सम्मेलनमा भने, मुलत कृएटिभ फेस्टमा आर्ट एक्जिबेशन, आर्केड एण्ड  एट्रेक्सन, क्राउड डिपार्टमेन्ट, ई स्पोट्र्स, गायन तथा नृत्य, नाटक  प्रहसन, खाना महोत्सव, हेल्थ एण्ड सेफ्टी, हन्टेड हाउस, क्याफे, प्राइमेरी फेस्ट, रोबोटिक र नर्शरी लगायतका विभिन्न विधाहरु समाविष्ट गरिएका छन ।

विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले ब्रिटिस ग्रामर स्कुल रुपन्देही, नेपालको सबैभन्दा  ठूलो शैक्षिक घराना ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गत सञ्चालित अन्तर्राष्ट्रिय  स्तरको विद्यालय भएको बताए । साथै उनले यो महत्वपुर्ण कार्यक्रममा सरिक हुन जिल्लाभित्र तथा जिल्ला बाहिरका भिन्न भिन्न शैक्षिक प्रतिष्ठान, संघ संस्था, व्यापारिक घराना, अभिभावक, विद्यार्थी, शिक्षासँग सरोकार राख्नुहुने सम्पुर्ण शैक्षिक ब्यक्तित्व,  पत्रकार,सबैमा हार्दिक निमन्त्रणा गरिएको जानकारी  दिए ।

तपाईको प्रतिक्रिया