प्रकाश पाण्डे । माघ १४ गते ।
रुपन्देहीको तिलोतमा वडा न ८ दीपनगरमा रहेको जनभावना माविको खेल सप्ताह शुरु भएको छ । विद्यालयको ३४ औँ बार्षिकोत्सवको अवसर पारी एथलेटिक्स लगायतका विभिन्न विधामा विद्यार्थीहरुले प्रतिस्प्रर्धा गर्ने विद्यालयका खेल सँयोजक तथा शिक्षक सोमबहादुर थापाले जानकारी दिनुभयो ।
जनभावनाको आफ्नै खेल मैदानमा अबको एक हप्तासम्म विद्यार्थीहरुले विभिन्न विधामा प्रतिस्प्रर्धा गर्ने गरि आइतबारबाट खेल सप्ताह शुरु गरिएको सहायक प्रअ जीवन अर्यालले जानकारी दिनुभयो ।
विद्यार्थीहरुले सोमबार अर्थात आज पनि विभिन्न विधामा प्रतिस्प्रर्धा गर्ने गरि खेल सेड्युल तयार पारिएको छ । आज छात्र छात्रा भलिबल प्रतियोगिता, ककफाइट, म्युजिकल चेयर, बेलुन ब्लास्ट लगायतका खेलमा भिडन्त हुनेछ । यसैबीच
यसअघि आइतबार आयोजित खेल सप्ताहको उदधाटन सत्रमा बोल्ने बक्ताहरुले विद्यालयले शैक्षिकसँगसँगै अतिरिक्त क्रियाकलापमा समेत विद्यालयले उत्कृष्ट कार्य गरेको भन्दै प्रशँशा गरेका थिए ।
कार्यक्रममा प्रधानाध्यापक शंम्भु प्रसाद पराजुलीले उच्च कोटीको शैक्षिक गुणस्तरमा विद्यालयले निभाइरहेको भूमिका तथा विद्यार्थीको सँवेगात्मक विकाशका लागी खेलकुदको भुमिकाका विषयमा धारणा राख्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर खत्रीको अध्यक्षतामा भएको उद्घाटन सत्रको सन्चालन शिक्षिका शीला घिमिरेले गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया