तिलोत्तमामा युवा उद्यमी लक्षित प्रस्तावना लेखन सम्बन्धी अभिमुखिकरण
बिन्दु भट्टराइ,तिलोत्तमा,१२ माघ ।
राज्य तथा निजि क्षेत्रले प्रदान गर्ने आर्थिक सहायता गर्नको लागि प्रस्तावना लेखन सम्बन्धी अभिमुखिकरण कार्यक्रम मणिग्राममा सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिकाको आयोजनामा आज मणिग्राममा उद्यमी युवा लक्षित कार्यक्रम गरिएको हो ।
कार्यक्रमको उद्धघाटन सत्रमा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले युवा शक्तिका स्रोत भएको भन्दै तिलोत्तमा नगरले गर्ने हरेक कार्यक्रमहरु युवा लक्षित गर्ने गरेको बताउनुभयो । प्रमुख खाँडले आशा सम्भावना र अवसरका रुपमा तिलोत्तमालाई विकसित गर्ने गरि अगाडि बढेकोमा जोड दिनुभएको छ । उहाँले यो अभिमुखिकरणबाट सहभागीले सिकेर आत्मसात गर्ने र ब्यवहारमा उतार्ने विश्वास समेत ब्यक्त गर्नुभयो ।
कार्यक्रममा उपप्रमुख जगेश्वर देवि चौधरीले प्रस्तावना पेश तालिम युवालाई उधमी नगर बनाउने गरि यसरी समावेश गर्ने बताउनुभएको छ । उहाँले सरकारी प्रकृया पुर्याउनुपर्ने भन्दै धेरै उधमीले प्रस्तावना पेश गर्न नजानेकै कारण अवसरबाट वन्चित हुनु परेको बताउनुभयो ।
्
नेपाल सरकारका उपसचिव तथा तिलोत्तमा नगरपालिका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले नगरपालिकाले महत्व दिएर गरेको कार्यक्रमबाट उद्यमीहरुले उत्तिकै चासो दिनुपर्ने खाँचो आँैल्याउँदै यो कार्यक्रमबाट राज्य तथा निजि क्षेत्रबाट प्राप्त हुने अवसरमा सहज हुने बिश्वास ब्यक्त गर्नुभयो ।
्आईडिया स्टुडियोका अनिल बस्नेतले सहजीकरण गर्नुभएको कार्यक्रममा तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य रवि सेन्चुरीले समाज विकासका लागि समयसापेक्ष शिक्षा आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले तिलोत्तमाका हरेक वडामा युवा लक्षित कार्यक्रम गर्नुपर्ने र अवसर र रोजगारका लागि संभावना खोज्नुपर्ने खाँचो औंल्याउनुभयो ।
तिलोत्तमाका १७ वटै वडाका युवा सम्मिलित कार्यक्रममा नगरपालिकाका कर्मचारी,भौतिक पुर्वाधार संयोजक कृष्ण प्रसाद पौडेल,वडा नं ६ का वडा अध्यक्ष गणेश पाठक,९ का वडा अध्यक्ष ध्रुव न्यौपाने, कार्यपालिका सदस्य राधा शाही लगायतको उपस्थिति रहेको कार्यक्रमको संचालन नगर कार्यपालिका सदस्य गोविन्द गुरुङ लभसनले गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया