00:00:00
स्वास्थ्य

रुपन्देहीमा सवारी दुर्घटना हुदा बाणगंगाका एक युवाको मृत्यु

शुक्रबार माघ ११, २०८१/ Friday 01-24-25

२०८१ माघ ११

 रुपन्देहीमा जिल्लामा सवारी दुर्घटनामा परि कपिलवस्तु जिल्लाको बाणगंगाका एक जना युवाको मृत्यु भएको छ ।

रुपन्देही जिल्लाको रोहाीणी गाउपालिका ३ धकधइ स्थित हुलाकी सडक खण्डमा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको ना १ क १७५३ नम्बरको टिप्परले बिग्रिएको अर्को गाडी तानेर ल्याइ रहेको अवस्थामा लु ८२ प २७५५ नम्बरको मोटरसाइल ठोकीदा कपिलवस्तु जिल्लाको बाणगंगाका एक युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देही जनाएको छ ।

 मृत्यु हनेमा कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ३ करमाना बस्ने बर्ष ३७ को कृष्ण मुरारी खनाल रहेका छन । खनालको उपचारका लागी मेडिकल कलेज भैरहवामा पुर्‍याउदै गर्दा बिच बाटोमा मृत्यु भएको प्रहरिले जनाएको छ ।

तपाईको प्रतिक्रिया