00:00:00
स्थानिय

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा 'आरएनपी-एआर' जडान

अब कम भिजिविलिटीमै अवरण गर्न मिल्ने
बिहीबार माघ १०, २०८१/ Thursday 01-23-25

बुटवल २०८१ माघ १०

  भैरहवाको गौतमबुद्ध अन्तर्राष्टि विमानस्थलमा भूउपग्रहमा आधारित अवतरण विधि ‘आएनपी-एआर’ जाडान गरिएको छ । विहिबार उक्त प्रविधि जडान भएपछि विमानस्थलका महाप्रबन्धक प्रताप तिवारीले अब कम विजिविलिटीमा पनि जहाज अवरण गर्न सकिने जानकारी दिनुभयो।

आरएनपी-एआरबाट साना जहाज आठ सय मिटर र ठूला जहाज नौ सय मिटर भिजिबिलिटीमा अवतरण गर्न सक्ने छन् । जवकी विमानस्थलमा हाल जहाज अवतरण गर्न १८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ, जसले सामान्य हुस्सु लाग्नेबित्तिकै उडान डिले वा रद्द हुने गर्छन् ।

विमानस्थलमा नयाँ विधि लागू गरिए पनि बिहीबारबाटै कार्यान्वयनमा भने आउनेछैन । यसका लागि वायुयान, पाइलटदेखि एटिसीका कर्मचारीसम्मले निश्चित रिक्वायर्डमेन्ट पूरा गर्नुपर्ने हुन्छ । यो विधिबाट उडान गर्न चाहने अन्तर्राष्ट्रिय वायुसेवाले आफ्नो देशको नियामक निकायबाट विशेष अनुमति लिएको हुनुपर्छ । र नेपालको नियामक निकायबाट पनि प्रमाणीकरण गरेको हुनुपर्छ ।

गौतमबुद्ध विमानस्थलमा आरएनपी–एआर प्रणाली लागू भएसँगै इच्छुक वायुसेवा कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर उडान गर्न सक्नेछन् । अहिले फ्लाई दुबईले भैरहवामा आरएनपी–एआर विधि प्रयोगको अनुमति माग्दै आवेदन पेस गरेको छ ।

क्यानका अनुसार आरएनपी–एआर प्रणालीका लागि जमिनमा कुनै भौतिक पूर्वाधार बनाउनुपर्दैन । आवश्यक पूर्वाधार जहाजमा नै हुन्छन् । अन्तर्राष्ट्रिय उडान गर्ने ठूला जहाजमा भूउपग्रहमा आधारित सिस्टम अनबोर्ड नै हुने विज्ञ बताउँछन् । आन्तरिक उडान गर्ने साना जहाजमा भने त्यो सिस्टम जडान गर्नुपर्ने बताइन्छ।

आरएनपी-एआर विधिबाट जहाज अवतरण गर्ने पाइलटले विशेष तालिम लिएर प्रमाणीकरण गर्नुपर्छ । वायुसेवा कम्पनीले आफ्नो देशको नियामक निकायबाट आरएनपी–एआर विधि प्रयोगका लागि अनुमति लिनुपर्ने हुन्छ । सम्पूर्ण प्रक्रिया पूरा गरेपछि नेपालको नियामक क्यानले आरएनपी-एआर प्रयोगको अनुमति दिन्छ । ‘लो भिजिबिलिटीमा अवतरण गर्नुपर्ने भएकाले टेस्ट फ्लाइट पनि गर्नुपर्छ’ गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक तिवारीले भन्नुभयो ‘वायुसेवा कम्पनीहरूले सिम्युलेटर वा विमानस्थलमा डाइरेक्ट अवतरण गरेर पनि परीक्षण गर्न सक्छन् ।’

 

तपाईको प्रतिक्रिया