प्रकाश पाण्डे,
तिलोत्तमा २०८१ माघ ९
बुटवल पाल्पा सडकखण्डको सिद्धबाबा सुरूगं मार्गको बाईपास १ नजिकै सडकबाट तिनाउ नदीमा खसेको टिप्पर चालकको अहिले भैरहवामा उपचार भैरहेको छ । टाउको लगायत शरिरका विभिन्न भागमा चोट लागेका चालक मकवानपुर स्थायी घर भएका विजय पाख्रिनको अवस्था अहिले भने मध्यम रहेको छ ।
वहाँको अहिले पनि इमरजेन्सिमा राखेर उपचार भैरहेको छ । यसअघि गएराती करीव साढे ८ बजे लु२ख ३१०८ नम्बरको टिप्पर तिनाउ नदीमा खस्दा चालक पाख्रिन गंभीर घाईते हुनु भएको थियो । पाल्पास्थित दोभान प्रहरीले दिएको जानकारी अनुसार सुरूगं मार्गको बाईपास १ नजिकै सडकबाट टिप्पर सिधै तिनाउमा खसेको थियो ।
स्टेरिगँ र अगाडीको बनोटमा फसेका चालक पाख्रिनलाई करीब ३० मिनेटको प्रयासपछि प्रहरीले उद्दार गरि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याएको थियो । प्रादेशिकले राती नै युनिर्भसल मेडिकल कलेजमा रिफर गरेपछि उनको अहिले युसिएमएसमा उपचार भैरहेको हो । टिप्परमा एकजना मात्रै रहेको र उनको अवस्था अहिले मध्यम रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया