दाङ २०८१ माघ ०७
दाङमा मोटरसाइकलको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ। ठक्करबाट घोराही उपमहानगरपालिका-१७ कर्जाहीका ६५ वर्षीय निमप्रसाद चौधरीको मृत्यु भएको छ ।
सोमबार बिहान घोराही उपमहानगरपालिका-१३ दारबोटे चोकमा बसपार्कबाट बराह पेट्रोलपम्पतर्फ जाँदै गरेको रा५प ५१७५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ।
तपाईको प्रतिक्रिया