00:00:00
राष्ट्रिय

धरानमा पानी माग्दै रित्तो गाग्री बोकेर काठमाडौं आइपुगे हर्क साम्पाङ

सोमबार माघ ७, २०८१/ Monday 01-20-25

काठमाण्डौ २०८१ माघ ०७

   धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रित्तो गाग्री बोकेर काठमाडौं आइपुग्नुभएको छ ।

केही बेरअघि त्रिभुवन विमानस्थल उत्रिएका साम्पाङले सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाबका लागि आएको बताउनुभयो।

साम्पाङले सरकारले जनतालाई खानेपानीको दीर्घकालीन व्यवस्था गर्न सक्नुपर्ने भन्दै आफू थोत्रे गाग्री बोकेर काठमाडौं जान लागेको बताउनुभएको थियो । हिजो वहाँले समर्थकहरूलाई भेला पारेर भानु चोकमा गाग्रीसहित प्रदर्शन गर्नुभएको थियो ।

साम्पाङले भोलि खाली गाग्रीसहित सिंहदरबार छिरेर खानेपानीमन्त्री र प्रधानमन्त्रीलाई भेट्ने बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया