नेपाली कांग्रेसको १०० दिने बिशेष अभियान, तिलोत्तमा वार्ड न ५ मा वडाकार्यसमिति बैठक सम्पन्न
प्रकाश पाण्डे,
तिलोत्तमा -२०८१ माघ ०६
नेपाली कांग्रेसले शुरु गरेको १०० दिने अभियान अन्र्तगत रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न ५ मा वडाकार्यसमिति बैठक सम्पन्न भएको छ ।
वडा न ५ का कार्यसमिति सभापति रमेश डुम्रेको अध्यक्षता एवँ पुर्व क्षेत्रीय सभापति तथा वरिष्ठ सल्लाहकार श्यामसुन्दर तिवारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरुले पार्टी गतिविधि प्रभावकारी बनाउन तल्लो तहबाटै गोलबद्ध भई काम गर्नुपर्नेमा जोड दिएका छन ।
उनीहरुले पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण, नवीकरण लगायतका विभिन्न कार्यहरु समयसापेक्ष ढंगबाट अघि बढाउनु अहिलेको मुल आवश्यकता भएको सुझाव समेत दिएका छन ।
एनजी मार्टमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिवारीले आम कार्यकर्तामा नैराश्यको अवस्था सृजना हुने कुनै पनि काम नेतृत्व तहबाट हुन नहुनेमा जोड दिनुभयो । वहाँले पार्टी बलियो बनाउन नेतृत्व तहबाटै विभिन्न कार्ययोजना ल्याउनुपर्ने बताउनुभयो ।
सो अवसरमा महासमिति सदस्य कुल प्रसाद लामिछाने, महाधिवेशन प्रतिनिधि चिरन्जिवी पौडेल, रुपन्देही क्षेत्र न २ का क्षेत्रिय सभापति प्रजापाल गिरि, तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, प्रदेश २ क का सदस्य रामलाल तिवारी, पार्टीका क्रियाशील सदस्यहरु, पदाधिकारी, सल्लाहकार एवँ शुभेच्छुकहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो । उपाध्यक्ष मिनप्रसाद अधिकारीले स्वागत मन्तब्य दिनुभएको कार्यक्रमको सन्चालन वडा सचिव बाबुराम भण्डारीले गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया