बिन्दु भट्टराई,तिलोत्तमा ३ पुस ।
२१ औँ शताब्दीसम्म पनि जात ब्यवस्थामा रोमलिनु दुखद रहेको एक कार्यक्रममार्फत जोड दिईएको छ । तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोग र सामुदायिक जाँगरण विकास मञ्च रुपन्देहीले ब्यवस्थापन गरेको कार्यक्रममा जुनसुकै विभेद समाज परिवर्तनको बाधक भएको औंल्याएका हुन् ।
कार्यक्रमको उद्धघाटन सत्रमा प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले यो सताब्दी सम्बन्ध निर्माणको सताब्दी भएको भन्दै सम्वन्ध स्थापित गर्न तर्फ लाग्न सबै समुदायलाई आग्रह गर्नुभएको छ । अर्यालले नगरपालिकाले दलित समुदायको अधिकार लागि कानुन निर्माण गरेको र कार्यान्वयनको अवस्थाको विषयमा समेत सचेत रहेको दाबी गर्नुभयो । उहाँले मुलुकको सुन्दर पक्ष विविधताको ब्यवस्थापन गर्दै समुदायमा पछाडी परेका र पारिएका बर्ग सबै क्षेत्रमा प्रतिनिधित्व हुनुपर्नेमा जोड दिनुभयो ।
नगरकार्यपालिका सदस्य तथा वातावरण विपद् व्यवस्थापन समितिका संयोजक सुरेन्द्र श्रीले समतामुलक समाज निर्माणलाई जोड दिदैँ नीति तथा कानुन निर्माण गरेर तिलोत्तमा नगर अगाडि बढेको जानकारी गराउनुभयो । उहाँले तिलोत्तमा नगरपालिकालाई विभेद मुक्त नगर बनाउनका लागि यो कार्यक्रमको महत्वपुर्ण भुमिका रहने समेत विश्वास व्यक्त गर्नुभयो ।
लुम्बिनी प्रदेशका पुर्व मुख्य न्यायधिबक्ता खुमाकान्त पौडेलले दलित समुदायका हकहितका लागि बनेका विद्यमान संवैधानिक कानुनी ब्यवस्था ,कार्यान्वयनको अवस्थाका विषयमा सहजीकरण गर्नुभएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले दलित स्वयमले मात्र दलितका मुद्धा उठाएर परिवर्तन नहुने भन्दै सबै समुदायले एकअर्काका मुद्धा साझा बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । एक समुदायले अर्को समुदायको भावनाको सम्मान गर्नुनै समाज परिवर्तनको ढोका खोल्नु रहेको सेन्चुरीको भनाई छ ।
६६ जातजातिको बसोबास रहेकोे तिलोत्तमा नगरपालिकामा ११ प्रतिशत दलित समुदाय रहेकाछन् । तिलोत्तमाका राजनीतिक दल ,जनप्रतिनिधि ,विभिन्न समुदायका प्रतिनिधि,बाल संजाल,युवा प्रतिनिधि,टोलविकास संस्था, पत्रकार लगायत गरी करिब ६५ जनाभन्दा बढीको उपस्थिति रहेको कार्यक्रमको संचालन पत्रकार अम्बिका परियारले गर्नुभएको थियो भने सामुदायिक जागरण बिकास मन्चका अध्यक्ष राम बिश्वकर्माले कार्यक्रम ब्यवस्थापन गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया