बुटवल - २०८१ माघ ०३
कपिलवस्तुमा गएराती दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते छन्। वाणगंगा नगरपालिका ११ स्थित भित्री सडकखण्डमा करिब साढे १० बजेतिर नेपाली र भारतीय नम्बरका दुई मोटरसाइकल आपसमा ठोक्र्किँका थिए ।
मृत्यु हुनेमा यूपी ५५ ए एच ७०९० नम्बरको मोटरसाइकलमा चालक कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका ३५ वर्षीय नेहामन अली र लु १० प ४४९६ नम्बरको मोटरसाइकल चालक सैनामैना–४ बस्ने वर्ष २७ को रोमन थारु छन् ।
उनीहरुको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवम् डिएसपी डिएसपी मोहनमणि अधिकारीले जानकारी दिनुभएको छ । दुर्घटनामा घाइते २६ वर्षीय अजय थारुको अस्पतालमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया