00:00:00
अन्तराष्ट्रिय

सैफ अली खानमाथि चक्कु प्रहार भएको छ

बिहीबार माघ ३, २०८१/ Thursday 01-16-25

२०८१ माघ ०३  

बलिउड अभिनेता सैफ अली खानमाथि गए राति साढे २ बजे मुम्बईस्थित आफ्नै निवासमा चक्कु प्रहार भएको छ।

अभिनेता खानको घाँटी, ढाड, हात र टाउकोमा चोट लागेको छ। घटनापछि उनलाई तुरुन्तै लीलावती अस्पताल पुर्याइएको थियो, र हाल शल्यक्रिया भएको भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन्।

अस्पताल प्रशासनका अनुसार, खानमाथि ६ पटक चक्कु प्रहार गरिएको र ती मध्ये दुई घाउ गहिरो रहेको जनाइएको छ। घटनापछि खानको टोलीले एक आधिकारिक बयान जारी गर्दै घरमा चोरीको प्रयास भएको र घरका अर्का एक कर्मचारी पनि घाइते भएको उल्लेख गरेका छन्।

    
  

तपाईको प्रतिक्रिया