भद्रकाली दुर्गा मन्दिर तिलोत्तमा – ८, शान्तिनगरको तेस्रो साधारण सभा
प्रकाश पाण्डे । विस २०८१ साल । पौष २८ गते
श्री भद्रकाली दुर्गा मन्दिर संरक्षण संस्था, तिलोत्तमा – ८, शान्तिनगर, रूपन्देहीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । मन्दिरका कार्य समिति अध्यक्ष खेमराज भण्डारीको अध्यक्षता तथा नगरप्रमुख रामकृष्ण खाडको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो । तिलोत्तमा –८, शान्तिनगरमा आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख खाणले भद्रकाली दुर्गा मन्दिर ज्यादै नै महत्व बोकेको मन्दिर भएको भन्दै निर्माणाधीन मन्दिरलाई बजेट व्यवस्थापन गर्न तिलोत्तमा नगरपालिकाले सकारात्मक पहल गर्ने बताउनुभयो ।
वहाँले सामाजिक, साँस्कृतिक तथा सामरिक महत्व बोकेका स्थलहरुको सँरक्षण सम्बद्र्धन तथा उचित ब्यवस्थापन गर्ने दिशामा नगरपालिका लागिरहेको जानकारी दिनुभयो । जुनसुकै जातजाति तथा भाषाभाषी होउन, हामी सबैको सम्मान गर्छौ, खाडले भन्नुभयो । कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तिलोत्तमा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले भद्रकाली दुर्गा मन्दिरको निर्माणाधीन मन्दिर आगामी आर्थिक वर्षमा सम्पन्न हुने गरी बजेट व्यवस्थापन गर्न पहल गरिने प्रतिबद्धता जनाउनुभएको छ । साधारणसभामा अध्यक्ष खेमराज भण्डारीले प्रस्तुत गर्नुभएको अध्यक्षको प्रतिवेदन, तथा कोषाध्यक्ष गंगाराम पाण्डेले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।
सो अवसरमा मन्तब्य राख्दै मन्दिरका सल्लाहकारद्धय मोहनलाल भण्डारी तथा कमला शर्मा भण्डारीले संस्थाको उत्तरोत्तर प्रगतिका शुभकामना व्यक्त गर्नुभयो । सो अवसरमा मन्दिरमा अक्षयकोष स्थापना गरि महत्वपुर्ण गुन लगाउनुभएका अक्षयकोषदाता श्रीमान÷श्रीमती हरिलाल कंडेल र जीवकला कंडेललाई सम्मानपत्रद्वारा सम्मान गरिनुका साथै संस्थाको आजीवन सदस्य बन्नुभएका नगरप्रमुख रामकृष्ण खाण लगायत ३२ जना विशिष्ट व्यक्ति तथा २ वटा संस्थालाई समेत आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको छ । उपाध्यक्ष घनश्याम न्यौपानेले स्वागत मन्तव्य दिनुभएको साधारण सभाको सञ्चालन कार्यसमितिका सचिव डिल्लीराज भण्डारीले गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया