00:00:00
स्थानिय

खाद्य बस्तुमा सुधारात्मक संकेत ,प्रदेशमा  अनुगमन समिति नै बनादैछ –मुख्यमन्त्री आचार्य

शनिबार पौष २७, २०८१/ Saturday 01-11-25

बिन्दु भट्टराइ,तिलोत्तमा २७ पुस । 
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खाद्य बस्तुमा सुधारात्मक संकेत देखिको बताउनुभएको छ । उहांले केही संघसंस्था केही राज्यका कारण र स्वयम उपभोक्तको सचेतनाका कारण विस्तारै खाद्यमा सुधार आएको तर सोचेजस्तो सुधार हुन नसकेको बताउनुभएको हो । उपभोक्ता हित संरक्षण मन्च नेपालको क्षमता अभिवृद्धि कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले प्रदेशमा  अनुगमन समिति नै बनाएर कडाईका साथ खाद्य अनुगमनमा लाग्ने दावी गर्नुभएको छ । उहाँले मान्छे मान्छे भएर बाँच्न पाउने अधिकारका पक्षमा प्रदेश सरकार सदैव सकरात्मक रहेको बताउनुभयो । 

आचार्यले राज्यलाई जिम्मेवार र जनता पक्षलाई उत्तरदायी बनाउन उपभोक्ता हित संरक्षण मन्चले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो ।  नसर्ने रोगको वृद्धिको कारण अखाद्य बस्तु भएकोले यसमा सरोकार वाला निकाय सचेत हुनुपर्ने र यसमा प्रदेश सरकार गंभिर रहेको र सचेतनाका लागि आवश्यक काम अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । प्रदेशमा भएका बाल मृत्युदर र मात्री मृत्युदर घटाउने गरि प्रदेश सरकार लागेको समेत आचार्यको भनाई छ । त्यस्तै बिशिष्ट अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रा देवि अर्यालले जनता बाँचे सबै सहि हुने भन्दै जनताको हितमा रहेर आफुले वजार अनुगमनलाई तिव्र पारेको बताउनुभयो । उहांले अनुगमन निकै चुनौतिपुर्ण रहेको उल्लेख गर्दै पछिल्लो वृयानी हैदरावादको कुरालाई स्मरण गर्दै केही समय समस्या निम्त्याएको भन्दै त्यसैबाट आफुलाई थप चुनौति सामना गर्ने प्रेरणा मिलेको र एक हदसम्म आफु सफल भएको समेत दावी गर्नुभएको छ । 

उहाँलाई कार्यक्रममा चुस्त अनुगमन गरेको भन्दै सम्मान समेत गरिएको थियो ।  यसै अवसरमा उहांले बुटवलका खाद्य बस्तुलाई ब्यवस्थित गर्नेगरी बुटवलनगर अगाडि बढेको स्पष्ट पार्नुभयो । उपभोक्ता हित संरक्षण मंच नेपालका तेजप्रसाद पाठकको अध्यक्षतामा भएको कार्यक्रममा उपभोक्ताका हितमा उत्कृष्ट कार्य गरेको भन्दै बरिष्ठ पत्रकार ऋषि आजाद, रिमा विसी,ज्योती बानिया लगायतलाई सम्मान गरिएको कार्यक्रममा अधिवक्ता वसन्त गौतमले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा लुम्बिनि प्रदेशका १२ वटै जिल्लाबाट प्रतिनिधिहरु उपस्थित थिए । दैछ
 

तपाईको प्रतिक्रिया