रिभरसाइड युथ क्लव र सबैको साकोसको सँयुक्त रक्तदान
माघ १ गते माघी मेला गर्ने क्लवद्धारा जानकारी
प्रकाश पाण्डे
तिलोत्तमा २०८१ पौष २७
रिभर साइड युथ क्लव तथा सबैको साकोस तिलोत्तमा ६ गोरकट्टाको सँयुक्त आयोजनामा शनिबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमा ६ गोरकट्टास्थित रिभर साइड युथ क्लवको भवनमा आयोजित रक्तदान कार्यकममा ५० जनाले रक्तदान गरेका क्लवका अध्यक्ष दिवस थापाले जानकारी दिए ।
क्लवले सामाजिक उत्तरदायित्व अन्तर्गत माघी पर्वको सुअवसरमा हरेक बर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेकोमा यो वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिएको क्लवका अध्यक्ष थापाले जानकारी दिए । रक्तदान कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथिको आसनबाट बोल्दै सबैको साकोस तथा रिभर साइड थुथ क्लवका सल्लाहकार खुम बहादुर थापाले रक्तदान जीवनदान भन्ने नारालाई आत्मसात गर्दै आयोजना गरिएको कार्यकम आफैमा सह्रानीय रहेको बताए ।
उनले यो सहकार्य जारी नै राखिने प्रतिबद्धता समेत ब्यक्त गरेका छन । क्लवका अध्यक्ष दिवस थापाको अध्यक्षता रहेको रक्तदान कार्यक्रममा विशिष्ट अतिथि तिलोत्तमा नगरका कार्यपालिका सदस्य नरबहादुर छन्तेल, सबैको साकोसका अध्यक्ष भरत भुषाल, सँयोजक सुकबहादुर नेपाली लगायतले मन्तब्य दिएका थिए ।
सबैको साकोसका उपाध्यक्ष चुरामणि पाण्डेको स्वागत रहेको उद्घाटन सत्रको सन्चालन क्लवका सहसचिव निर्मल भण्डारीले गरेका थिए । ब्लड बैंक भैरहवाको सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ५० युनिट रगत संकलन भएको क्लबका अध्यक्ष दिवस थापाले जानकारी दिए । यसैबीच क्लवले यही माघ १ गते राष्ट्रिय तथा स्थानीय कलाकार सहितलाई डाकेर बृहत माघी मेलाको आयोजना गर्दैछ ।
तपाईको प्रतिक्रिया