प्रकाश पाण्डे । पौष २६ गते । निजि तथा आवासिय बिद्यालय अर्गनाईजेसन नेपाल प्याब्सन रुपन्देहीको अध्यक्षमा दीपक खनाल निर्वाचित भएका छन । बिहिबार भएको अधिवेशनले दीपक खनाललाई अध्यक्षमा निर्वाचित गरेको हो । प्याब्सन रुपन्देहीको कोषाध्यक्षमा भने कपिलमणि ढकाल निर्वाचित भएका छन । अन्य पदहरुमा भने सर्वसम्मत ढंगले पदाधिकारी चयन भएका थिए । अध्यक्ष र कोषाध्यक्ष पदका लागी मात्रै मतदान भएको थियो ।
सँस्थाको आफ्नै भवन तिलोत्तमा ९ शंकरपुरस्थित प्याब्सन रुपन्देहीको कार्यालयमा आयोजित २१ औँ साधारण सभा तथा १६ औँ अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा कुलराज शर्मा, उपाध्यक्ष पदमा भोजराज पौडेल, सचिव पदमा बोधराज गौडेल, सह– सचिवमा गोकुल पोखरेल, सह–कोषाध्यक्षमा बाबुराम पौडेल, तथा सदस्यहरुमा शंकर प्रसाद भट्टराई, प्रतिष्ठा चालिसे, उमापति न्यौपाने, यमन गण्डारी, बसन्त पाण्डे, राज कुमार गुरुङ्गलाई चयन गरिएको छ । खुल्ला सदस्यमा नर बहादूर क्षेत्री, लेखनाथ गैरे, चन्द्रिका चाइ, विशाल चौधरी, सुरेन्द्र सुवेदी, नन्दलाल चौहान र दिर्घपाल गोसाइ सर्वसम्मत भएका छन ।
तपाईको प्रतिक्रिया