प्याब्सन रुपन्देहीको अध्यक्षमा दीपक खनालको उम्मेदवारी घोषणा
सीप, सँस्कार र प्रविधि सहितको शिक्षा आजको आवश्यकता
तिलोत्तमा । पौष २४ गते । निजी तथा आवासीय विद्यालय अर्गंनाइजेसन नेपाल (प्याब्सन) रुपन्देहीको आसन्न १६ औँ अधिवेशनमा अध्यक्ष पदमा वर्तमान सचिव दीपक खनालले उम्मेदवारी घोषणा गरेका छन् । उनले समस्याका रुपमा देखिएका विभिन्न शैक्षिक मुद्दाहरुको न्यायोचित समाधान गर्ने, सङ्गठनलाई कुशल नेतृत्व प्रदान गरी थप उन्नत, गतिशील र प्रतिस्पर्धी बनाउने, तथा ब्यवस्थापकिय हिसाबले संस्थागत विद्यालयहरुलाई अझ दिगो रूपमा अघि बढाउने सङ्कल्पसहित उम्मेदवारी घोषणा गरेको जानकारी दिए ।
खनालले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि संस्थागत विद्यालयको हकहितका लागी आफ्नो निरन्तरको लडाई जारी रहने बताए । समयसापेक्ष तथा समायानुकुल गुणस्तरीय शिक्षाको प्रवद्र्धनका लागी निरन्तर खटिरहने प्रतिबद्धतापत्र सावैजनिक गरेका खनालले निजी तथा सरकारी विद्यालयबीचको विभेद अन्त्यका लागि समेत आफ्नो आवश्यकता महसुस भएकाले उम्मेदवारी दिएको बताए ।
निजी तथा आवासीय विद्यालय अर्गंनाइजेसन नेपाल (प्याब्सन) रुपन्देहीका हालका सचिव समेत रहेका अध्यक्षका प्रत्यासी खनालले सीप, सँस्कार र प्रविधि सहितको शिक्षाका लागी आफुले उम्मेद्धवारी घोषणा गरेको बताए । रुपन्देहीको तिलोत्तमा ८ मा रहेको कुँवरर्विर्त इङ्ग्लिश बोडिँग स्कुल, तिलोत्तमा ११ मा रहेको माईलस्टोन मन्टेश्वरी लगायत विभिन्न शैक्षिक सँस्थाहरुमा अग्रज र सक्रिय विद्यालय सञ्चालकको रुपमा आफुलाई स्थापित गरेका खनालले सीपयुक्त र गुणस्तरीय शिक्षामा जोड दिदै आएका छन ।
खनालले सबैको साथ, सहयोग र समर्थन आफुलाई प्राप्त हुने विश्वास ब्यक्त गर्दै निजि विद्यालयहरुको शैक्षिक श्रीबृद्धि तथा भौतिक सँरचना खातिर सचिव कै कार्यकालमा आफुले सम्पादन गरेका विषयगत कार्य कौशलतालाई पत्रकार सम्मेलनमा जस्ताको तस्तै बुदाँगत रुपमा सार्वजनिक गरेका छन । निजी तथा आवासीय विद्यालय अर्गंनाइजेसन नेपाल (प्याब्सन) रुपन्देहीको १६ औँ अधिवेशन बिहिबार हुदैछ ।
तपाईको प्रतिक्रिया