तिलोत्तमा ,२४ पुस ।
तिलोत्तमा नगरपालिकाका विद्यालयहरु वन्द हुने भएका छन् । केही दिनदेखि रुपन्देहीसहित तराईका जिल्लाहरुमा बाक्लो हुस्सु र कुहिरोसहित शीतलहर चलेसंगै तिलोत्तमाले विद्यालयलाई बिहिबारदेखी आईतबारसम्म ४ दिन जाडो विदा दिएको हो ।
नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत गङ्गाराम आचार्यले एक सूचना जारी गरि नगर भित्रका सबै विद्यालयमा पुसको २५ गतेदेखि २९ गतेसम्म विदा दिने बताउनुभएको छ ।
‘यस नगरपालिका अन्तर्गत संचालित सामुदायिक तथा संस्थागत विद्यालयहरुमा गरिने जाडो बिदा वार्षिक विदामा समायोजन हुने गरि २०८१ पौष २५ देखी मिति २०८१ पौष २९ गतेसम्म चार दिनसम्मको लागि जाडो बिदा गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।’ सूचनामा भनिएको छ । रुपन्देहीका मर्चवारी ,कोटहिमाई र सम्मरीमाई गाउंपालिकाले यसअघिनै विदा दिईसकेका छन् ।
तपाईको प्रतिक्रिया