00:00:00
खेलकुद

तिलोत्तमा वार्ड नम्बर ९ को आमा समुह बिच लुङ्गी फुटबल हुने

मंगलबार पौष २३, २०८१/ Tuesday 01-07-25

शारदा शाही
तिलोत्तमा- २०८१ पौष २३

    रुपन्देही तिलोत्तमा वार्ड नम्बर ९ को सिर्जनशिल आमा समुहको आजभोली दिउसोको समय फुटबल खेलेर बित्ने गरेको छ । जाडोमा घरै बसेर समय बिताउनु भन्दा यसरी फुटबल खेल्दा रमाइलो पनि हुने अनी शरीर पनि स्वास्थ रहने भएकोले सबै जना उत्साहका साथ खेल मैदानमा आएको वहाँहरुको भनाइ छ।

यो फुटबल त्यसै भने खेलिएको हैन, तिलोत्तमा वार्ड नम्बर ९ को आयोजनामा यही पौष २७ गते वार्ड नम्बर ९ मा जती पनि आमा समुह छन। वहाँहरु बिच प्रतिशप्रधा हुने सिर्जनशिल आमा समुहको सचिव चित्रा रोक्काले जानकारी दिनुभयो । खेलमा सबै खेलाडिहरु लुङी लगाएर खेलिने भएकोले पनि यो खेल अरु फुटबल खेल भन्दा केही फरक रहने वहाँको भनाइ थियो ।  

समुहको अध्यक्ष कमला बहिकका अनुसार फाइनलमा कती टिम हुन्छन अझै थाहा नभैसकेको तर एउटा टिममा १२ जना खेलाडी रहने छन । तिलोत्तमा नगरपालिका भित्रका सबै वार्डलाई समेटेर जान पाएको भए अझ राम्रो हुने वहाँले बताउनुभयो।

महिलाहरु प्राय घरैमा बस्ने, तनाबमा पनि रहने भएकोले केही समय रमाइलो गर्न पाउने भएकोले पनि यस्तो खालको खेलको आयोजना गरिएको तिलोत्तमा वार्ड नम्बर नौ का वार्ड अध्यक्ष धुर्ब न्यौपानेले बताउनुभयो।

अहिले सम्म आठ टिम दर्ता भैसकेको र अझै आउने क्रम रहेको लुङ्गी फुटबल खेल संयोजक तथा कार्यपालिका सदस्य लक्ष्मण गुरुङ (लबसन) ले बताउनुभयो। टिम दर्ता गर्न आउने आमा समुहहरु निकै उत्साहका साथ आएको गुरुङ्गले बताउनुभयो ।          

           

 
    

 

तपाईको प्रतिक्रिया