00:00:00
स्थानिय

बुटवलमा नवजात शिशु फोहोरको डम्पिङ्ग साइटमा मृत फेला

मंगलबार पौष २३, २०८१/ Tuesday 01-07-25

बुटवल २०८१ पौष २३

  बुटवल उपमहानगरपालिका–११ मा मृत अवस्थामा नवजात शिशु फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले बताउनुभयो। पण्डितका अनुसार शिशु सोमबार विहान मजुवाको फोहोर फाल्ने डम्पिङ्ग साइटमा फेला परेको हो ।

मृत अवस्थामा फेला परेकी नवजात शिशु महिना पुगेर नै जन्मिएको र जन्मिए पछि फालेको अवस्थामा भेटिएको प्रहरी प्रमुख पण्डितले जानकारी दिनुभयो।

‘हेर्दा नवजात शिशु पुरा महिना पुगेर नै जन्मिएको जस्तो देखिन्छ । राम्रै अवस्थामा जन्मिएकी शिशुलाई ५/७ दिन अघि फोहोरमा फालेको हुन सक्ने प्रारम्भिक अनुमान छ,’– पण्डितले बताउनुभयो।  

फोहोरको डम्पिङ्ग साइटमा शिशु जलेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत शिशुलाई अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको र घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख पण्डितले बताउनुभयो।   

 

तपाईको प्रतिक्रिया