बिन्दु भट्टराई तिलोत्तमा, २० पुस ।
ट्याक्टर चलाएर दैनिक जिविकोपार्जनमै समस्या भएको ट्याक्टर ब्यवसायीले गुनासो गरेका छन् । लुम्बिनी ट्याक्टर समिति तिलोत्तमा ९ शंकरपुरको २२ औँ बार्षिक साधारण सभाको अवसरमा बोल्दै ब्यवसायीहरुले ट्याक्टरबाट परिवारको सामान्य खर्च पनि धान्न धौ धौ परेको गुनासो गरेका हुन् । उनीहरुले राज्यले ट्याक्टर ब्यवसायीलाई छांयामा पारेको भन्दै समस्या समाधानमा स्थानीय सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
कार्यक्रमको अवसरमा प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले विभिन्न मापदण्डका कारण र तिलोत्तमामा बनेका धेरै पुलका कारण तिलोत्तमाका नदिजन्य पदार्थ उत्खनन् गर्न पाईने अवस्था नरहेको स्पष्ट पार्नुभयो । उहाँले नगरपालिका ट्याक्टर ब्यवसायीका हितमा रहेको भन्दै तिलोत्तमा नगरपालिका र ट्याक्टर ब्यवसायी बिच छलफल गरेर अगाडि बढ्ने भन्दै छलफलका लागि नगरपालिकामा आहन गर्नुभएको छ । प्रमुख खांडले ब्यवसायलाई सुरक्षित गर्ने बिषयमा सबै गंभिर बनुपर्ने खाँचो समेत औंल्याउनुभयो ।
लुम्बिनी ट्याक्टर समिति तिलोत्तमा ९ शंकरपुरका अध्यक्ष टिकाराम गौतमले समस्यामा परेका ब्यवसायीका हितमा काम गर्न नगरपालिकलाई अग्रह गर्नुभयो । उहांले समस्यामा ब्यवसायीलाई एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा ट्याक्टर ब्यवसायी संघ कपिलबस्तुका अध्यक्ष झबिन्द्र खनाल,पुर्व अध्यक्ष तथा सल्लाहकार उदयबहादुर गुरुङ, पुर्व अध्यक्ष तथा सल्लाहकार खेम गौतम, संघका सल्लाहकार कृष्ण तिवारी, तिलोत्तमा उधोग बाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की,तिलोत्तमा व्यापार संघका वरिष्ठ उपाध्यक्ष तथा तिलोत्तमा वडा नम्बर ११ का वडा अध्यक्ष बिष्णुबहादुर क्षेत्री,बिष्णुप्रसाद रेग्मी, सुरेन्द्र गौडेल लगायतले टेक्टर ब्यबसाय धरापमा परेको अवस्थामा तिनै तहका सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभएको छ । उहांहरुले राज्य निदाउँदै जाने ब्यबसायी कराउँदै जाने अवस्था सृजना हुनु दुखद भएको समेत दुखेसो पोख्नुभएको छ ।
तपाईको प्रतिक्रिया