00:00:00
शिक्षा

प्याब्सन तिलोत्तमाको पदस्थापन सम्पन्न

शनिबार पौष २०, २०८१/ Saturday 01-04-25

प्रकाश पाण्डे
तिलोत्तमा २०८१ पौष २०

   प्याब्सन तिलोत्तमाको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमा ९ मा रहेको प्याब्सन कार्यालयमा शुक्रबार आयोजित पदस्थापन कार्यक्रममा निबर्तमान अध्यक्ष के. एन सागर ज्ञवालिले नवनिर्वाचित अध्यक्ष दिपक गौतमलाई सुभकामना सहित पद हस्तान्तरण गरे ।

   यस्तै निबर्तमान सचिब तुल बहादुर सराङ्कोटी पवनले नवनिर्वाचित सचिब चन्द्र अधिकारीलाई माइन्युट हस्तान्तरण गरि पदस्थापन गरे । कार्यक्रममा निबर्तमान कोषाध्यक्ष चन्द्र अधिकारीले नवनिर्वाचित कोसाध्यक्ष गोपाल गौतमलाई सम्पूर्ण हरहिसाब हस्तान्तरण गरेका छन । पदस्थापन कार्यक्रममा प्याब्सन केन्द्रिय सदस्य खेमेन्द्र राना, प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरी पाण्डे, प्याब्सन लुम्बिनी प्रदेश सदस्य डिवी थापा लगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सुभकामना ब्यत्त गरेका थिए ।

 कार्यक्रम निबर्तमान अध्यक्ष के.एन सागर ज्ञवालीको अध्यक्षतामा, निबर्तमान उपाध्यक्ष मधुप्रकाश ज्ञवालीको स्वागत र सचिब चन्द्र अधिकारीको सन्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया