00:00:00
अर्थ/वाणिज्य

नारी जागृति महिला विकाश सहकारी केवलानीको साधारण सभा 

शनिबार पौष १३, २०८१/ Saturday 12-28-24

प्रकाश पाण्डे / मँसीर २९ गते ।  महिलाहरुद्धारा सँचालित नारी जागृति महिला विकाश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तिलोत्तमा ७, केवलानी रुपन्देहीको २९ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । डिभिजन सहकारी कार्यालय रुपन्देहीका पुर्व निरिक्षक एवँ नेपाल एडिटर एशोशियसनका केन्द्रिय सदस्य चन्द्रकान्त भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्ष दीपादेवी शर्माले पेश गर्नुभएको आर्थिक वर्ष २०८० / ०८१ को वार्षिक प्रगति प्रतिवेदन सर्बसम्मतिले पारित भएको छ भने लेखा सँयोजक शोभा पँगेनीले पेश गर्नुभएको लेखा प्रतिबेदन पनि सर्वसम्मत पारित भएको छ ।

साधारण सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि चन्द्रकान्त भट्टराईले पछिल्लो समय सहकारीहरुमा रकम अपचलनको समस्या देखिए पनि नारी जागृति महिला विकाश सहकारीमा भने त्यस्तो कुनै समस्या नरहेको आफुले पाएको बताउनुभयो । वहाँले महिला दिदी बहिनीहरुका लागी विभिन्न उत्पादनमुलक क्षेत्रमा लगानी गरेर सँस्थाले नमुना काम गरिरहेको बताउनुभयो । सस्थाका उपाध्यक्ष्य लिला पन्तले महिला दिदीबहिनीद्धारा सँचालित सहकारीले उत्कृष्ट काम गरिरहेको बताउनुभयो । उहाँले र्सस्थालाई उत्पादनमुखी बनाउन हरसम्भब प्रयास भैरहेको पनि जानकारी दिनुभयो ।

सो अवसरमा सहकारीका सस्थापक अध्यक्ष तथा कार्यक्रममाका विशिष्ट अतिथि राधा श्रेष्ठ, पुर्व अध्यक्ष सावित्री गौतम, ब्यवस्थापक गोमति कुमारी भण्डारी लगायतको सहभागिता रहेको थियो । सहकारीका अध्यक्ष दीपादेवी शर्माको अध्यक्षतामा सम्पन्न सभामा सस्थापक अध्यक्ष भई सो सहकारीमा २ दशक बढी समय ब्यतित गर्नुभएकी राधा श्रेष्ठलाई जेष्ठ नागरिकको हैशियतले सम्मानित गरिएको छ । साथै सँस्थागत एवँ सामुदायिक तर्फ उष्कृष्ट हुने एक एक जना छात्र छात्राहरुलाई सम्मान गरिएको कार्यक्रम सँस्थाका उपाध्यक्ष्य लिला पन्तको स्वागत र सहायक ब्यवस्थापक मिरु कुमारी गुरुगँको सन्चालनमा सम्पन्न भएको् थियो । विसं २०५२ सालमा स्थापित सहकारीमा हाल ७ सय ७१ ज्ना महिला दिदीबहिनीहरु सदस्य आवद्ध छन ।

तपाईको प्रतिक्रिया