00:00:00
स्वास्थ्य

गुल्मीको रिडीदेखि पुर्तिघाट जाँदै गरेको टिपर दुर्घटना : १ जनाको मृत्यु, एक घाइते

शनिबार पौष १३, २०८१/ Saturday 12-28-24

गुल्मी- १३ पुस २०८१

   गुल्मीमा गएराती टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रिडीबाट गिट्टी बोकेर पुर्तिघाट जाँदै गरेको लु १ क ५४०० नम्बरको टिपर सत्यवती गाउँपालिकाको वडानम्बर-२ पाहादी स्थित कालिगण्डकी करिडोरमा दुर्घटना भएको हो ।

दुर्घटनामा टिपर चालक पाल्पा जिल्ला रैनादेवी गाउँपालिका वडानम्बर-१ बस्ने २४ वर्षका श्रीराम कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजन भुजेलले जानकारी दिनुभएको छ। टिपर दुर्घटनामा घाइते कुमालको उपचारको लागि अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा परेर सल्यान जिल्ला बनगाउँ ७ बस्ने २३ वर्षका मोहन जैसी घाइते भएका छन् । जैसीको अवस्था सामान्य रहेको छ ।

तपाईको प्रतिक्रिया