00:00:00
स्वास्थ्य

हङकङबाट काठमाडौं आएको जहाजमा अचेत भेटिएका व्यक्ति मृत घोषित

आइतबार पौष ७, २०८१/ Sunday 12-22-24

काठमाडौं- २०८१ पौष ०७

       हङकङबाट काठमाडौं आएको नेपाल वायुसेवा निगमको जहाजमा अचेत भएका यात्रुलाई अस्पताल पुर्‍याएपछि मृत घोषणा गरिएको छ ।

जहाजमा अचेत भएका ताप्लेजुङका ५३ वर्षीय देउमान लिम्बूलाई त्रिभुवन विमानस्थलबाट सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएका लिम्बूलाई चिकित्सकले मृत घोषणा गरेको निगमले जनाएको छ ।

निगमका प्रवक्ता रमेश पौडेलले हङकङबाट काठमाडौं आउने क्रममा उडिरहेको जहाजमै अचेत भएका लिम्बूलाई अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेको बताउनुभयो।

पौडेलले ‘विमानस्थलनमा लिम्बूका आफन्त लिन आउनुभएको रहेछ । हामीले उहाँहरुलाई नै जिम्मा लगाएका थियौं । लिम्बूलाई अस्पतालले मृत घोषणा गरेको हो ।’

निगमको आरए ४०१ उडानबाट लिम्बू नेपाल आएका थिए । उनी जहाजभित्र नै अचेत भेटिएको निगमले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया