00:00:00
स्थानिय

तिलोत्तमा वडा नं ६ द्धारा ११० जना जेष्ठ नागरिकलाई सम्मान

मंगलबार पौष २, २०८१/ Tuesday 12-17-24

बिन्दु भट्टराई,तिलोत्तमा २ पुस ।
तिलोत्तमा वडा नं ६ ले जेष्ठ नागरिकको सम्मान गर्दै सामाग्री वितरण गरेको छ । वडाले मंगलबार  वडाभित्रका  ७६ बर्ष भन्दा माथि ८० बर्षमुनिका ११० जना जेष्ठ नागरिकलाई सम्मानसंगै सामाग्री वितरण गरेको हो ।  

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांडले नगरले सम्मान र संस्कारको बिकासलाई प्राथमिकतामा राखेको बताउनुभयो । भौतिक विकाससंगै मानवीय विकासका कुरा गरिरहंदा जेष्ठ नागरिकको सम्मान र सानालाई गर्ने मायालाई जोड्न सकियो भने समाज मानवमैत्री बन्ने दावी गर्नुभयो । जेष्ठ नागरिकप्रतिको ब्यवहारका विषयमा हुने चर्चालाई जोड्दै प्रमुख खांडले जेष्ठ नागरिकलाई घरैबाट सम्मान गर्ने र झै झगडाको अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले शान्ती र संवृद्दिको युगमा प्रवेस गरेको अवस्थामा अव हरेक वडाले यस्ता कार्यक्रम गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

वडा नं ६ का वडा अध्यक्ष गणेश पाठकको अध्यक्षतामा भएको कार्यक्रममा वडा ंअध्यक्ष पाठकले हरेक बर्ष गर्दै आएको जेष्ठ नागरिकको सम्मान र सानालाई माया गर्ने प्रवृति बृद्धि नगरेसम्म समाज सभ्य बन्न नसक्ने दावी गर्नुभयो  । वडाले नगरले लिएको मानविय बिकास भन्ने नितिलाई अवलम्बन गर्दै यो कार्यक्रम संचालन गर्दै आइरहेको बताउनुभएको छ  । वडा अध्यक्ष पाठकले मानवीय विकास अन्तर्गत नै रहेर जेष्ठ नागरिकका स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै निशुल्क स्वास्थ्य कार्यक्रम गर्दै आइरहेको सन्दर्भलाई जोड्दै निशुल्क गरिने स्वास्थ्य शिबिरलाई निशुल्क भएकै आधारमा गुणस्तरिय हुदैनन भनेर बिश्वास नगर्ने भन्दै वडा तथा नगरले त्यसमा ठुलो वजेट खर्चिने जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा जगत पौडेल,घनश्याम भुसाल,वडा सचिव सीता खनाल,सचिव प्रेम बहादुर क्षेत्री लगायतले जेष्ठ नागरिकको सम्मानले असल संस्कारको विकास हुने विश्वास ब्यक्त गर्नुभयो ।
वडाले ७६ बर्ष भन्दा माथि ८० बर्षमुनिका ११० जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो । सामाग्रीसंगै सम्मातिन हुन पाउंदा जेष्ठ नागरिकहरु खुसि भएका छन् । 

तपाईको प्रतिक्रिया