00:00:00
स्वास्थ्य

रुपन्देहीमा सवारी दुर्घटना हुँदा सैनामैनाकी लक्ष्मि भट्टराईको मृत्यु

आइतबार मङ्सिर ३०, २०८१/ Sunday 12-15-24

२०८१ मंसिर ३०

  रुपन्देहीको सैनामैनामा सडक दुर्घटना हुँदा सैनामैना नगरपालिका–६ दुधराक्षकी ३५ वर्षीया लक्ष्मि भट्टराईको ज्यान गएको इलाका प्रहरी कार्यालय बुटवल प्रमुख विजयराज पण्डितले जानकारी दिनुभयो। शनिवार साँझ सैनामैना ६, दुधराक्षमा बुटवलबाट कपिलबस्तु तर्फ जाँदै गरेको लु ९१ प ११८४ नम्बरको मोटरसाइकलले उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको लु ३० प ३५११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

    दुर्घटनामा परी गम्भीर घाइते भएकी भट्टराईको उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रमुख पण्डितले बताउनुभयो। यस्तै दुर्घटनामा परी मोटरसाइकलका चालक कपिलबस्तुको बुद्धभूमि नगरपालिका ३ का २१ वर्षीय दिलिप थारु घाइते भएका छन्। थारुको अहिले भैरहवा स्थित युसिएमसिमा उपचार भइरहेको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि उनलाई युसिएमसीमा रिफर गरिएको हो । उनको अवस्था मध्यम रहेको छ ।

तपाईको प्रतिक्रिया