00:00:00
शिक्षा

लिटिल प्याराडाइजमा अभिभावकसँगको ३ दिने शैक्षिक अन्तरक्रिया सम्पन्न

सीपसहितको प्रयोगात्मक शिक्षा प्रदान गर्न अभिभावकको आग्रह
बिहीबार मङ्सिर २७, २०८१/ Thursday 12-12-24

प्रकाश पाण्डे । मँसीर २७ गते । बालबालिकाहरुलाई सीपयुक्त शिक्षणमा आवद्ध गराउदै प्रयोगात्मक ढंगबाट पठनपाठन गराउन अभिभावकहरुले जोड दिएका छन । अभिभावकले अल्पकालीन र दीर्घकालीन योजना बनाएर शैक्षिक क्रियाकलाप तय गर्न सके शिक्षामा आमुल परिवर्तन आउने बताएका हुन । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न ७ भलवारीमा रहेको लिटिल प्याराडाइज ईग्लिंश मिडियम स्कुलले लगातार ३ दिनसम्म आयोजना गरेको शैक्षिक अन्तरक्रिया कार्यक्रममा सहभागी अभिभावकहरुले बालबालिकाहरुको आन्तरिक क्षमतालाई पहिचान गर्दै पठनपाठन गराउन सके उनीहरु भित्रको क्षमता उजगार हुने बताए ।

कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य केएन सागर ज्ञवालीले असल र कौशलयुक्त बालबालिका उत्पादन गर्नु विद्यालयको मुख्य उद्देश्य रहेको बताए । उनले शिक्षामा आमुल सुधार ल्याउन सर्वप्रथम शिक्षक तथा अभिभावक आफु सच्चिनु आवश्यक रहेको स्पष्ट पारे । शिक्षामा विशिष्टिकृत र सरलीकृत दुवै अभ्यासहरु जरुरी छन, प्राचार्य ज्ञवालीले भने, विद्यार्थीभित्रको क्षमता के छ र त्यो क्षमतालाई कसरी पहिचान गर्ने त ? त्यो काम भनेको शिक्षक, अभिभावक तथा विद्यालय तिनै पक्षको हुने उनले बताए ।

विद्यालय ब्यवस्थापन समितिका उपाध्यक्ष तथा अभिभावक हिमकला अधिकारीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विशिष्ट अतिथि तथा शिक्षाविद डिल्लीनारायण पाण्डे, समाजसेवी जमुना लम्साल, शिक्षक अभिभावक संघका अध्यक्ष सिता पुन, अभिभावक रामनरेश शाह, अर्जुन भण्डारी, पुर्व शिक्षक तथा अभिभावक रुपा भट्टराई लगायतले बोल्दै लिटिल प्याराडाइजले ३ दिनसम्म अभिभावकलाई विद्यालयमा डाकेर गरेको सुझाव सँकलनले अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्न विद्यालय परिवारलाई महत्वपुर्ण योगदान पुर्याउने भन्दै प्रशंशा गरेका छन । विद्यालयका सहायक प्राचार्य मोहन थारुले स्वागत मन्तब्य दिनुभएको कार्यक्रमको सन्चालन सिनियर शैक्षिक संयोजक रामचन्द्र तिवारीले गर्नुभएको थियो । 

तपाईको प्रतिक्रिया